लक्ष्यनुसार खरिद भएन धान

धनगढी । सुदूरपश्चिम प्रदेशमा यस वर्ष लक्ष्यनुसार धान खरिद हुनसकेन । प्रदेशभरबाट ७५ हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य राखेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड धनगढीले न्यून मात्रामा धान खरिद गरेको हो ।

यस वर्ष कैलालीमा ६० हजार क्विन्टल र कञ्चनपुरमा १५ हजार क्विन्टल गरी सुदूरपश्चिममा ७५ हजार क्विन्टल धान खरिद कोटा थियो । तर, कैलालीबाट १८ हजार ७ सय ८७ र कञ्चनपुरबाट ३ हजार गरी जम्मा २१ हजार ७ सय ८७ क्विन्टल मात्रै धान खरिद भएको छ ।

सरकारले निर्धारण गरेको भन्दा धानको बजारमूल्य बढी भएपछि खाद्य, व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले किसानबाट धान पाउन नसकेको हो । व्यापारीले बढी मूल्यमा खरिद गर्दा कम्पनीले खोलेको धान खरिद केन्द्रमा थोरै मात्रै किसानले बिक्रीका लागि धान ल्याएको कम्पनीकी प्रमुख एञ्जिला बस्नेतले बताइन् ।

सरकारले निर्धारण गरेको समर्थन मूल्यभन्दा बढीमा बजारमा धान खरिदबिक्री भएकाले किसानले खाद्यको खरिद केन्द्रमा धान नल्याएको उनको भनाइ छ । धान नआएपछि पुस मसान्तदेखि खरिद केन्द्रबाट खरिद कार्य बन्द गरिएको छ ।

गत वर्ष सुदूरपश्चिममा ४० हजार क्विन्टल धान खरिदको कोटा रहेकामा ३० हजार क्विन्टल धान खरिद गरिएको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 56 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

यो गठबन्धन कति दिन टिक्छ भन्ने टुङ्गो छैन: अध्यक्ष नेपाल

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
स्थानियले भगवती चाैधरीसंग भने : यसपाली जिताएर पठाउछौं