डाइनोसरभन्दा आधा घण्टा कान्छो मानिस

मानिस र डाइनोसरका बीचमा मानवीय नाता पर्दैन । तर, जीव विकासका हिसाबले मानिसका दाजु मानिन्छन्, डाइनोसर ! संसार र सांसारिक जगत्को इतिहास विचित्रको छ । मानिसले अहिले आफूनिकटका मानिससँग मात्र नाता जोडेर काम गरिरहेको छ । तर, चराचर जगत्ले मानिसको चित्त र दृष्टिकोण निकै सानो र साँघुरो भएको प्रमाणित गरिरहेको छ ।

हरेक जीवको साइनो मानिससँग र मानिसको साइनो हरेक जीवसँग रहिआएको छ । यस्तोखाले जैविक नाता कोट्याउँदै जाने हो भने मानिसको जेठो दाजु पर्छ, डाइनोसर ! मानव जातिमा डाइनोसरको जस्तो अहङ्कारी र मिचाहा प्रवृत्ति यद्यपि छँदै छ । भलै, मानिसले आफूलाई एक सुसभ्य र सुशील भनेर किन नफलाकोस् !

मानिस यी जैविक तथा वस्तुवादी सम्बन्ध र नाताबाट टाढा हुन र आफ्नो ‘सुपेरिओरिटी’ देखाउन आफूलाई प्रकृतिले होइन, भगवान्ले जन्माएको भनिरहेको छ । तर, मानिस स्वयंको उत्पत्ति डाइनोसर लोप भएपछि हुनगएको हो ।

पृथ्वीको उत्पत्तिदेखि आजसम्मको इतिहासलाई २४ घण्टाबराबरको समय मान्ने हो भने पृथ्वीमा जीव–वनस्पति विकासको चरण बिहान ४ बजेको समयमा भएको देखिन्छ । बोटबिरुवा जीवभन्दा अघि नै जन्मिइसकेका थिए । उत्पत्तिदेिख विकासक्रमका हिसाबले अहिले पृथ्वीमा रहेका बिरुवा बिहान १० बजेको समयसम्म आइपुगेका देखिन्छन् । यस क्रममा डाइनोसर लोप हुँदाको समय दिउँसोको ११ बजेर ३० मिनेटको देखिन्छ । हाम्रो सिंगो मानव इतिहास ठीक मध्याह्न १२ः०० बजेपछि मात्र भएको ठहर्छ ।

आजभन्दा ६ करोड ८ लाख वर्ष पुरानो मानिएको डाइनोसर मानव उत्पत्तिका हिसाबले आधा घण्टा मात्र फरक मानिएको छ । अजंगको ठूलो न ठूलो जनावर डाइनोसर मानिसको दाजु पर्छ, जीव उत्पत्तिका हिसाबले ।
(एजेन्सीको सहयोगमा)

तपाइको प्रतिक्रिया
(Visited 178 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

यो गठबन्धन कति दिन टिक्छ भन्ने टुङ्गो छैन: अध्यक्ष नेपाल

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
बर्दगोरिया अध्यक्षमा एमाले र उपाध्यक्षमा माओवादी विजयी