पौवादुङमा भोजपुरको पहिलो बालश्रम मुक्त स्थानीय तह घोषणा

भोजपुर । पौवादुङमा गाउँपालिकालाई जिल्लाकै पहिलो बालश्रम मुक्त स्थानीय तह घोषणा गरिएको छ । यहाँका छ वटै वडालाई बालश्रम मुक्त घोषणा गरिएसँगै गाउँपालिकालाई सरोकारवाला पक्षको उपस्थितिमा आइतबार बालश्रम मुक्त घोषणा गरिएको हो । भोजपुरका नौ वटा स्थानीय तह मध्ये बालश्रम मुक्त घोषणा गर्ने पहिलो स्थानीय तह बनेको हो । घोषणासँगै पौवादुङमा कोशी प्रदेशमा बालश्रम मुक्त घोषणा गर्ने दोश्रो र नेपालकै छैटौँ स्थानीय तह बनेको छ ।

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, विश्वश्रम संगठनको एआर सी प्रोजेक्ट र गाउँपालिकाको सहकार्यमा बालश्रम मुक्त घोषणा गरिएको हो । गाउँपालिकाले विश्वश्रम संगठनसँग सम्झौता गरेर दुई वर्षअघिबाट बालश्रम मुक्त घोषणाका लागि काम थालनी गरेको थियो । घोषणाको लागि प्रत्येक वडामा गणकहरु खटाएर तथ्याङ्क संकलन गर्दा बालबालिकाहरु बालश्रममा नरहेको पाइएपछि गाउँपालिकालाई बालश्रम मुक्त घोषणा गरिएको हो ।

बालश्रममुक्त गाउँपालिका घोषणा पूर्व यहाँका बालश्रमको जोखिममा पर्न सक्ने १८ वर्ष मुनिका बालवालिकाको तथ्याङ्क राखेर आवश्यक सचेतना तथा सहयोगको कार्यक्रम सञ्चालन गरिएको छ । उनीहरुलाई बालश्रममा लाग्नबाट टाढा राख्नको लागि सवै वडामा रहेका बालबालिकाहरुको वडाबाट विवरण तयार गरिएको छ ।

उनीहरुलाई परिवारिक सहयोगसँगै विद्यालय प्रोत्साहन कार्यक्रम तथा अन्य सहयोग गर्न सकेमा बालश्रमको जोखिमबाट बचाउन सकिने अनुगमनसमितिले सुझाव दिएको छ ।

बालश्रम मुक्त घोषणाको लागि वडास्तरमा अनुगमन समितिले यहाँको अवस्थाको ’boutमा आवश्यक प्रतिवेदन तयार गरेको छ । प्रतिवेदनमा बालश्रमको जोखिममा पर्न सक्ने बालबवालिको विवरणसमेत समेटिएको छ ।

प्रतिवदेनमा समेटिएका जोखिममा पर्न सक्ने बालवालिकालाई गाउँपालिका तथा वडा कार्यालयले थप सचेनतासँगै आवश्यक सहयोग गर्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नविन भट्टराईले जानकारी दिए । घोषणा पश्चात यहाँका बालबालिकालाई श्रमबाट बचाउन थप कार्यक्रम सञ्चालन गरिने उनको भनाइ छ ।

‘सरोकारवाला पक्षको उपस्थितिमा गाउँपालिकालाई बालश्रममुक्त घोषणा गर्न सफल भएका छौँ’प्रशासकीय अधिकृत भट्टराईले भने,‘हामीले श्रमको जोखिममा पर्न सक्ने बालबालिकाको विवरण राखेर थप कार्यक्रम सञ्चालनको तयारी गरेका छौँ । घोषणा पश्चात उनीहरुलाई बालश्रममा लाग्न नदिनको लागि सरोकारवाला पक्षलाई सचेत गराएका छौँ । हाम्रो गाउँपालिका कोशी प्रदेशमा बालश्रम मुक्त हुने दोश्रो पालिका बनेको छ ।’

यहाँका विभिन्न वडामा एक सय १८ जना बालबालिका विद्यालय बाहिर रहेकोले बालश्रमको जोखिमबाट बचाउन उनीहरुलाई विद्यालय फर्काउने अथवा अन्य विकल्पको खोजी गरेर भावी योजनालाई अघि बढाउनु पर्ने गाउँपालिका उपाध्यक्ष ज्योत्सना राईले बताइन्।

पौवादुङमा गाउँपालिका बालश्रम मुक्त घोषणा गर्ने कोशी प्रदेशको दोश्रो स्थानीय तह बनेको अध्यक्ष किरण राईले बताए । अथक मेहनत पश्चात गाउँपालिकालाई बालश्रम मुक्त घोषणा सफल भएको उनको भनाइ छ । घोषणा पश्चात पनि बालश्रमको जोखिममा पर्न सक्ने बालबालिकाको घर÷घरमा पुगेर आवश्यक विवरण संकलन गरेर उनीहरुलाई जोखिमबाट बचाउन थप काम गर्ने अध्यक्ष राईले बताए । बालबालिकाको अवस्थाको विश्लेषण गरेर भावी कार्यक्रम सञ्चालन गर्नु पर्नेमा उनले जोड दिए ।

‘गाउँपालिकामा बालश्रम शुन्य भएको अवस्था छ’अध्यक्ष राईले भने,‘यो घोषणा गरेर मात्र अन्त्य हने विषय होइन् । यसको सफल कार्यान्वयनको लागि सवै पक्ष गम्भिर बन्न आवश्यक छ । बालबालिकाहरु श्रमको जोखिममा पर्न सक्ने सम्भवानालाई ध्यानमा राखेर आवश्यक कार्यक्रम सञ्चालन गर्न गाउँपालिकाले भूमिका खेल्ने छौँ ।’ प्रत्येक बर्ष गाउँपालिका, प्रदेश, संघीय सरकार तथा विभिन्न निकायलहरुसँग सहकार्य गरी बालश्रम मुक्त गाउँपालिका सुनिश्चितता जनाइएको छ ।

बालश्रम मुक्त घोषणा पश्चात बालबालिकालाई श्रममा लाग्न नदिन उपयुक्त वातावरण निर्माण गर्नु पर्ने कार्यक्रमका प्रमुख अथिति कोशी प्रदेश सांसद सिर्जना राईले बताइन् । उनीहरुलाई उपयुक्त वातावरण निर्माण गर्न सकेमा भावी दिनमासमेत बालश्रम घट्दै जाने सांसद राईको भनाइ छ । बालबालिकालाई श्रममा लाग्न नदिन सरोकारवाला पक्ष गम्भिर भएर लाग्नु पर्ने उनले बताइन् । जिल्लामा पहिलो बालश्रम मुक्त स्थानीय तह घोषणा गरेर पौवादुङमाले उदाहरणीय काम गर्न सफल भएको बताइन् ।

कार्यक्रमका उपस्थित सरोकारवाला पक्षले बालश्रम अन्त्यको लागि आफ्नो तहबाट भूमिका खेल्ने प्रतिवद्धता जनाएका छन् । गाउँपालिकालाई बालश्रममुक्त घोषणा गर्नको लागि दुई वटा कार्यविधि र बालवालिका नीति तयार काम अघि बढाइएको कार्यक्रम संयोजक टेकराज खड्काले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 84 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सुदूरपश्चिममा एकीकृत समाजवादीलाई मुख्यमन्त्री !

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
युवा नेतृत्व छनौटमा नेकपा एमाले, सुनसरीबाट कार्की सिफारिस