बालिकामाथि दुस्कर्म गरेको आरोपमा पूर्वलडाकू पक्राउ

मकवानपुर । बालिकामाथि दुस्कर्म गरेको आरोपमा पूर्वलडाकु हरि श्रेष्ठ पक्राउ परेका छन् । मकवानपुरकी एक बालिकामाथि दुस्कर्म गरेकोआरोपमा छिमेकी जिल्ला सिन्धुलीका पूर्वमाओवादी लडाकु कमाण्डर श्रेष्ठ पक्राउ परेका हुन् ।

पीडित पक्षको जाहेरी अनुसार श्रेष्ठले फागुन ४ गते १३ वर्षीया बालिकालाई बलात्कार गरेका थिए । सिन्धुली मरिन गाउँपालिका ७ का श्रेष्ठलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता लक्ष्मी भण्डारीले बताए ।

उनलाई पहिलोपटक म्याद थप गरेर अनुसन्धानको लागि हाल जिल्ला प्रहरीको हिरासतमा राखिएको छ । जनयुद्धकालमा प्रमोद नामले चिनिने श्रेष्ठ माओवादी जनमुक्ति सेनाको दोस्रो डिभिजन कमाण्डर थिए । उनी लडाकुलाई शिविरमा राखिएका बेला दुधौलीमा थिए ।

अहिले उनी बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीको केन्द्रिय सचिवालय सदस्य छन् ।

तपाइको प्रतिक्रिया
(Visited 326 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

पलेँटी गजल मुशायरामा सन्तोष र लालकाजी सुनिए

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
निर्वाचन आयोगको भ्याकेट निवेदनमा अन्तरिम आदेश अस्वीकार