धनगढीमा नवजात शिशु मृत फेला, कोठामा बस्दै आएकी महिला फरार

सांकेतिक तस्बिर ।

धनगढी । कैलालीको धनगढीमा नवजात शिशु कोठामा मृत फेला परेको छ । धनगढी उपमहानगरपालिका–४ बसपार्कनजिक कोठामा नवजात शिशु मृत फेला परेको हो ।

धनगढी उपमहानगरपालिका–१६ घर भएकी पूजा राना बस्दै आएको कोठामा सोमबार राति नवजात शिशु मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

घटनामा घरबेटी र कोठाको ताला तोडेर भित्र पसेका महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटना’bout अनुसन्धान गर्न भन्दै प्रहरीले घरबेटी र गोदावरी घर भएका दुई महिलालाई नियन्त्रणमा लिएको कैलालीका प्रहरी प्रवक्ता डीएसपी कुलदीप चन्दले बताए ।

राति कोठाको ताला तोडेर भित्र गएका महिलाले कपडामा बेरेर राखेको नवजात शिशु देखेपछि प्रहरीलाई खबर गरेका चन्दले बताए । उनका अनुसार कोठामा बस्दै गरेकी शिशुकी आमा रानाको खोजी भइरहेको छ ।

प्रहरीले नियन्त्रणमा लिएका महिलाहरू र रानाबीच पैसा लेनदेन रहेको बताइएको छ । डीएसपी चन्दका अनुसार रानाले आफू बाहिर रहेको र कोठामा पैसा राखेकाले ती महिलालाई ताला तोडेर भित्र बस्न भनेका थिए । सोही क्रममा महिलाले नवजात शिशु देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

नियन्त्रणमा लिइएका महिलाले राना कहाँ छिन् भन्ने जानकारी नभएको बताएका छन् । प्रहरीले मृत फेला परेको नवजात शिशुको पोस्टमार्टम गर्न सेती प्रादेशिक अस्पताल राखेको छ । नवजात शिशु कति दिनको हो भन्ने’bout सोही रिपोर्टपछि थाहा हुने प्रवक्ता चन्दले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 152 times, 1 visits today)

epaper

ताजा समाचार

विराटनगरविरूध्द काठमाडौं गोर्खाजको जित