फोक्सिनटारदेखि धाप्लाङसम्म सुनकोसी नदीमा -याफ्टिङ सुरु

उदयपुर । उदयपुर र खोटाङको सिमाना भएर बग्ने सुनकोसी नदीमा व्यावसायिक रूपले साहसिक खेल जलविहार ¥याफ्टिङ सञ्चालन भएको छ । विश्वको १० उत्कृष्ट (ह्वाइट वाटर ¥याफ्टिङ) गतव्यमध्ये एक हो सुनकोशी नदी । त्यसमध्ये पनि उदयपुर खण्ड जल विहार ¥याफ्टिङका लागि उत्तम रहेको छ ।

उदयपुरका जिल्ला होटल तथा पर्यटन व्यवसायी संघ उदयपुरको आयोजनामा व्यावसायिक जलविहार (¥याफ्टिङ) सुरु गरेको हो । सुनकोशी नदीमा गत शनिबारदेखि व्यावसायिक रूपमा ¥याफ्टिङ सञ्चालन गर्न सुरु गरेको हो । साहसिक खेल जलविहारका निम्ति माउन्डेन रिर्भर ¥याफ्टिङ काठमाडांैको सहकार्यमा सुनकोशी नदीमा व्यावसायिक ¥याफ्टिङ सञ्चालन गरिएको जिल्ला होटल तथा पर्यटन व्यवसायी संघ उदयपुरका अध्यक्ष डेबिट बस्नेतले जानकारी दिए ।

पहिलो दिन २० जना पर्यटकले जलविहार गरेको जिल्ला होटल तथा पर्यटन व्यवसायी संघ उदयपुरका अध्यक्ष बस्नेतले जानकारी दिए । जलविहारमा गएका पर्यटकलाई रौतामाई गाउँपालिका–५ फोक्सिन्टारसम्म पर्यटक गाडीमा राखेर लगिएको थियो । फोक्सिन्टारबाट जलविहार (¥याफ्टिङ) चढाएर त्रियुगा नगरपालिका–१४ धाप्लाङसम्मको यात्रा गराएको अध्यक्ष बस्नेतले जानकारी दिए ।

बिहान ८ बजे गाईघाटबाट हिँडेको पर्यटकलाई ११ बजे रौतामाई गाउँपालिका–५ पोखरीमा पु¥याई त्यहाँ खाजा खुवाएर सुनकोशी नदीमा ¥याफ्टिङ गराउँदै २ घण्टा ३० मिनटमा १३ किलोमिटर यात्रा तय गर्दै धाप्लाङ आइपुगेको जिल्ला होटल तथा पर्यटन व्यवसायी संघ उदयपुरका अध्यक्ष बस्नेतको भनाइ छ । रौतामाई गाउँपालिका–५ का वडाध्यक्ष पाण्डव राईले स्वागत गर्दै बिदाइ गरेको ¥याफ्टिङ टोलीलाई गन्तव्यस्थल धाप्लाङमा स्थानीय होटल व्यवसायीले माला र अबिरले स्वागत गरेका थिए ।

पौने ३ बजे धाप्लाङ पुगेको टोलीलाई धाप्लाङमा खाना खुवाएर ४ः३० बजे संघको पर्यटक गाडीमार्फत साँझ ६ बजे गाईघाट ल्याइपु¥याएको जिल्ला होटल तथा पर्यटन व्यवसायी संघ उदयपुरका अध्यक्ष बस्नेत बताउँछन् । उनले पहिलो दिनको ¥याफ्टिङ अत्यन्त उत्साहजनक र सफल भएको बताए ।

सुनकोशी नदीमा ¥याफ्टिङ गर्न अत्यन्त आनन्द आएको सहभागीले बताएका छन् । सुरुको चरण भएकाले पहिलो दिन पुरुष पर्यटकलाई मात्र सहभागी गराइएको अध्यक्ष बस्नेतले जानकारी दिए । जाडो जान बाँकी भएकाले पानी अलि चिसै रहेको अनुभव सुनाउँदै अध्यक्ष बस्नेतले अब नियमित रूपमा ¥याफ्टिङ सञ्चालन गर्ने संघले योजना बनाउँदै छ । हामीले पहिलो दिनको ¥याफ्टिङ एक किसिमले परीक्षणकै रूपमा ग¥यौं,’ बस्नेतले भने, ‘अब सिजन आएकाले नियमित रूपमा सञ्चालन गर्छौं ।’

¥याफ्टिङ गर्न संघले निश्चित शुल्क निर्धारण गरेको छ । प्रतिपर्यटक गाईघाटबाट जलविहार गरेर फर्किंदासम्म ३ हजार ५ सय रुपैयाँ शुल्क निर्धारण गरेको छ । सो शुल्क तिरेपछि गाईघाटदेखि फोक्सिन्टारसम्म खाजाको व्यवस्थासहित पर्यटक गाडीमा लगिनेछ । फोक्सिन्टारदेखि धाप्लाङसम्म ¥याफ्टिङ गराएपछि त्यहीं रैथाने (अर्गानिक) खाना खुवाउने प्याकेज संघले बनाएका छन् ।

पर्यटकलाई गाईघाटबाट फोक्सिनटारसम्म ५२ किलोमिटर पर्यटक बसमा लैजाने र त्यहाँबाट सुनकोशी नदीमा १३ किलोमिटर जलविहार ¥याफ्टिङ गराई धाप्लाङबाट पुनः पर्यटक बसमा ३० किलोमिटर सडक यात्रा गराई गाईघाट ल्याई पु¥याउने गरी एकदिने प्याकेज रहेको जिल्ला होटल तथा पर्यटन व्यवसायी संघ उदयपुरका अध्यक्ष बस्नेतको भनाइ रहेको छ । फोक्सिनटारबाट हिँडेको जलविहार ¥याफ्टिङ बिचमा पर्ने खोटाङतर्फको प्रसिद्ध झरनाको अवलोकनपछि धाप्लाङ पुग्ने गरेको बताइन्छ ।

एउटा बोटमा आठ जना मात्र चढाउने योजना भए पनि सुरुको दिनमा १० जनालाई ¥याफ्टिङ गराइएको बस्नेत बताउँछन । सुनकोशी नदीमा ¥याफ्टिङ सञ्चालन गर्ने गरी रौतामाई गाउँपालिकाले पाँच वर्षअघि नै सफल परीक्षण गरिसकेको थियो ।

प्रदेशकै प्रसिद्ध पर्यटकीय तथा धार्मिकस्थल रौतापोखरीसँग आन्तरिक र बाह्य पर्यटकलाई आकर्षण गर्ने गरी ¥याफ्टिङसहितको योजना बनाएर गाउँपालिकाले परीक्षण गरिसकेको थियो । स्थानीय पर्यटनको विकास र प्रवद्र्धन गर्ने उद्देश्यले संघले ¥याफ्टिङलाई व्यवसायीकरण गर्दै लाने योजना बनाएको जनाएको छ । विश्व ¥याफ्टिङ पर्यटन केन्द्रले सुनकोशी नदीलाई विश्वका महत्वपूर्ण १० वटा सेतो पानीयुक्त नदीमा सूचीकृत गरी ‘ह्वाइट रिभर ¥याफ्टिङ’मा समेटेको संघले जनाएको छ । त्यसैले यो नदीमा ¥याफ्टिङ गर्नु आनन्ददायक र जोखिमरहित प्रमाणित भएको पनि अध्यक्ष बस्नेतको भनाइ छ ।

तपाइको प्रतिक्रिया
(Visited 68 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सुदूरपश्चिममा एकीकृत समाजवादीलाई मुख्यमन्त्री !

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
देउवाले छैटौं पटकको प्रयाशमा मलाई पार्टीबाट निकाल्न सफल हुनु भो उहाँलाई बधाई : कर्णबहादुर मल्ल