नेपाल ललितकलामा ‘कनेक्टिङ कल्चर थ्रु आर्टस्’

काठमाडौं । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको प्रदर्शन हलमा ‘कनेक्टिङ कल्चर थ्रु आर्टस्’ शिर्षकमा चित्रकला मँगलबारबाट प्रदर्शन सुरु भएको छ । यी चित्रहरु नेपाल र जर्मनीका कलाकारहरूको सहभागितामा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानमा २२ र २३ माघमा भएको ‘अन्तर्राष्ट्रिय कला कार्यशाला २०२४’ बाट सृजना गरिएको थियो । यो प्रदर्शनीको मँगलबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशिला सिर्पाली ठकुरीले उद्घाटन गरेकी छिन् । सो समारोहमा नेपालका लागि इजरायलका राजदूत हनान गोदार र जर्मनी राजदुत डा. थोमस प्रिन्ज पनि अतिथि थिए ।

उद्घाटन समारोहमा बोल्दै संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशिला सिर्पाली ठकुरीले यस्ता खालका कार्यक्रमले नेपाल जर्मनबीच मित्रता कायम राख्न ठूलो भूमिका खेल्ने बताईन् । उनले कला र संस्कृतिले जनस्तरको सम्बन्धलाई मजबुत बनाउने भएकाले प्रदर्शनीको सफलता हुने विश्वास व्यक्त गरिन् ।

प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले यस कार्यक्रमले नेपाल र जर्मनीबीचको सम्बन्ध अझ प्रगाढ बढाउने बताए,‘हामी जर्मनी नपुगे पनि यस्ता कार्यक्रमको माध्यमबाट अर्को देशको कला र संस्कृतिलाई बुझ्ने मौका मिलेको छ ।’ उनले कार्यक्रममा भने ।

प्रदर्शनीमा नेपालबाट नारदमणि हार्तम्छाली, लालकाजी लामा, देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’, पाल्साङ्मो लामा, प्रदिप अधिकारी, सौरगंगा दर्शनधारी, दिनेश्वर महतो, संजय वान्तवा, अरुणा हिङमाङ, संगी श्रेष्ठ, जुपिटर प्रधान, कृष्णप्रकाश शाह, मुकेश मल्ल, रमेशनाथ खनाल, रविनकुमार कोइराला, धनबहादुर याखा, जीवन राजोपाध्याय, नवीन्द्रमान राजभण्डारी, कीर्तिकौशल जोशी, केशव राज खनाल, मुकेश श्रेष्ठ, नारायणप्रसाद बोहजु, प्रमिला बज्राचार्य, सम्झना राजभण्डारी, किरण सिगु, जुजुकाजी श्रेष्ठ ‘प्रभात’, नेमबहादुर तामाङ, सफलराम श्रेष्ठ, सुयोग महर्जन, हरि बम्जन, कृति चन्द शाह, सुनैना ठाकुरको कला राखिएको छ ।

यस्तै जर्मनीका कलकारहरू बोट्टी हान्स हेमान्न बोटेनबोर्च, होल्गे एचेन्बाच, एलेजेन्ड्रा बिसी बेटेनबोर्च, एलेजेन्ड्र इलाईजर, इलाउस फोटिङगरलगायतका कलाकारको चित्रकला प्रदर्शनी गरिएको छ । यही प्रदर्शनका लागि जर्मनी कलाकारहरु नेपाल आएका छन् । प्रदर्शनी फागुन १४ गतेसम्म चल्नेछ ।

तपाइको प्रतिक्रिया
(Visited 96 times, 1 visits today)

epaper

ताजा समाचार

कांग्रेस महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन सभापति थापाको आह्वान