इन्जिनियरका मुद्दाले पायो कांग्रेस महासमितिमा प्रवेश

काठमाडौं । ललितपुरको गोदावरीमा जारी नेपाली कांग्रेसको महासमिति बैठकमा पहिलोपटक इन्जिनियरहरुका मुद्दाले स्थान पाएको छ।

महामन्त्रीद्वय गगन थापा र विश्व प्रकाश शर्माको सॉंगठनिक र समसायिक प्रस्तावमा शुभेच्छुक संस्था र बिकास निर्माण कार्यहर तीन सिफ्टमा संचालन गर्ने भन्ने दफाहरु उपर छलफल गर्ने क्रममा सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (सिडेन) बाट प्रतिनिधत्व गर्ने महासमिति सदस्य इ.प्रकाश केसीले आफ्नो प्रस्तावहरु राखेका हुन् ।

उनले इन्जिनियरिङ क्षेत्रका सम्बन्धमा इन्जिनियरहरको क्षमता अभिबृद्दिका लागि इन्जिनियरिङ स्टाफ कलेज स्थापना गर्नुपर्ने, निजि तथा गैर सरकारी क्षेत्रमा कार्यरत इन्जिनियर र आर्किटेक्टहरुको न्युनतम पारिश्रमिकमा एकरुपता कायम गर्न राष्ट्रिय तथा अन्तराष्ट्रिय मापदण्डलाई ध्यानमा राखी राज्यस्तरबाट नै नयुनतम पारिश्रमिक निर्धारण गर्नुपर्ने प्रस्तावहरु राखेका छन् ।

त्यस्तै, योजना आयोग ,अर्थमन्त्रालय जस्ता महत्वपूर्ण निकायहरुमा अनिवार्य रुपमा इन्जिनियरकै नेत्रत्वमा छुट्टै प्राबिधिक शाखा स्थापना गर्नुपर्ने, स्थानिय सरकारका कार्यकारी अधिकृत इन्जिनियर राख्नुपर्ने र नेपाली कांग्रेसमा र पार्टीबाट प्रतिनिधत्व गर्ने हरेक निकायहरुमा २० प्रतिशत पेशागत क्षेत्रबाट बैधानिक व्यवस्था गर्नुपर्ने प्रस्तावहरु महासमिति बैठकमा राखिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 105 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

यो गठबन्धन कति दिन टिक्छ भन्ने टुङ्गो छैन: अध्यक्ष नेपाल

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
चुनाव स्वच्छ र निष्पक्ष बनाउने दलको प्रतिबद्धता