राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त अन्तर्गत कलैया प्रथम

बारा । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग सिंहदरबार काठमाडौंले गरेको कार्य सम्पादन मुल्यांकन अन्तर्गत बाराको कलैया उपमहानगर पालिका प्रथम भएको छ । आयोगले गरेको मुल्यांकनमा कलैया उपमहानगरपालिकाले सबभन्दा बढी ४०.९३ प्रतिशत अंक ल्याएको हो ।

इटहरी – २२.०७, धरान – ३५.५६, जनकपुर – ३१, हेटौडा – ३७.११, जितपुर सिमरा – २३, बुटवल – ३५.११, तुलसीपुर – २४.३९, घोराही – ३०.९०, नेपालगन्ज – २३.६४, धनगढी – ३४.७३ प्राप्त गरेको आयोगले जारी गरेको सूचनामा प्रकाशित गरिएको छ ।

प्रदेश तथा स्थानीय तहको कार्य सम्पादन मुल्यांकन कार्यविधि २०७८ को दफा ७ को अधिनमा रही प्रदेश तथा स्थानीय तहको लागि निर्धारण गरिएको कार्य सम्पादन सूचनाको मुल्यांकन गरि अंक प्रदान गरिएको आयोगले जनाएको छ ।

साथै प्राप्त अंकमा चित नबुझे सोही कार्य बाधिको दफा ९ अनुसार सुचना प्रकाशित भएको मितिले ७ दिन भित्र आवश्यक आधार र प्रमाण सहित पुनरावलोकनका लागि आयोग समक्ष अनुसुची ५ को ढाँचामा निवेदन गर्न आयोगले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 70 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सुदूरपश्चिममा एकीकृत समाजवादीलाई मुख्यमन्त्री !

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
भक्तपुरमा नेमकिपाको ‘क्लिन स्विप’