छैटौ डडेल्धुरा महोत्सव फागुन २४ गतेदेखि

डडेल्धुरा । ‘सुदूरपश्चिम प्रदेश स्तरीय कृषि, पर्यटन कला संस्कृति खेलकुद तथा औद्योगिक व्यापार मेला एवं छैटौं डडेल्धुरा महोत्सव’ हुने भएको छ । फागुन २४ गतेदेखि ‘डडेल्धुराको दिगो विकास र अर्थतन्त्रको आधार ः कृषि, पर्यटन, खेलकुद तथा उद्योगको पूर्वाधारर’ भन्ने मुल नारासहित अमरगढी नगरपालिका–४ टुँडिखेलमा महोत्सवको आयोजना गरिन लागेको हो ।

आयोजक डडेल्धुरा उद्योग बाणिज्य संघले हिजो बिहीबार पत्रकार सम्मेलनको आयोजना गर्दै महोत्सव ’bout जानकारी दिएको छ । करिब ८० लाख ५० हजार रुपियाँ खर्च आउने अनुमान सहित पाँच प्रतिशत रकम क्रिकेट मैदान निर्माणका लागि छुट्याइने भएको छ । संघका कार्यबाहक अध्यक्ष एवं बरिष्ठ उपाध्यक्ष दीपकबहादुर महताले स्थानीय कला, संस्कृती, उत्पादन र पर्यटकिय क्षेत्रको प्रचार प्रसार गरिने जानकारी दिए ।

स्थानीय कला, संस्कृतिसंगै पुरातात्विक क्षेत्रको प्रदर्शनी पनि महोत्सवमा हुनेछ । संघका कार्यबाहक अध्यक्ष महताले भने, स्थानीयसंगै राष्ट्रिय कलाकारको प्रस्तुतीसहित सांस्कृतिक कार्यक्रमरु पनि पनि महोत्सवमा सञ्चालन हुनेछन । स्थानीय उत्पादनसंगै कृषि उपजको प्रदर्शनी पनि राखिने छ भने रमाइलो मेला पनि महोत्सवमा हुनेछ ।

महोत्सवमा जिल्लास्तरीय पुरुष भलिबल प्रतियोगिता पनि हुने महताले बताए । खुला पुरुष डेउडा प्रतियोगिता र महिला तथा पुरुष दोहोरी पनि आयोजना हुने छ । उनले भने, महोत्सवमा फोटो प्रदर्शनी पनि गरिने छ ।

महोत्सव आयोजना गर्नका लागि मूल आयोजक समितिसंगै विभिन्न उपसमिति पनि गठन गरिएको छ । डडेल्धुरा महोत्सवमार्फत कला, संस्कृतिको संरक्षण, स्थानीय उत्पादनको बजारीकरणसंगै पर्यटन प्रवद्धन र डडेल्धुराको समग्र विकासको आधार खडा गर्ने उद्येश्य राखिएको संघका कार्यबाहक अध्यक्ष महताले बताउनुभयो ।

टिकट शुल्क एक सय रुपैयाँ तोकिएको छ । विद्यार्थीलाई ५० रुपैयाँ तोकिएको छ भने ७० वर्षमाथिका ज्येष्ठ नागरिक तथा क र ख वर्गका अपाङ्गता भएका नागरिकलाई प्रवेश शुल्क निःशुल्क हुने बताइएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 94 times, 1 visits today)

epaper

ताजा समाचार

बलिङ चम्किँदा यूएईमाथि नेपालको ३७ रनको जित