नेपाली युवाका लागि अभिमुखीकरण कार्यक्रम

काठमाडौ । बिश्व युवा महोत्सवमा सहभागी हुन जाने नेपाली युवाहरुको लागी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । आगामी मार्च १ देखि ८ सम्म सुरु हुने बिश्व युवा महोत्सव रसीयास्थित सोची शहरमा हुदैछ । १ सय ९० देशका २५ हजार भन्दा बढी युवा सहभागी हुने महोत्सवमा नवपर्वतन,युवाको नविनतम सोच र बिश्वमा युवाको आगामी धारणाका सन्दर्भमा बहस हुनेछ । विश्वका युवाहरुको जमघट हुने कार्यक्रमलाई रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सम्बोधन गर्नेछन् ।

रसियन हासउमा भएको कार्यक्रममा नेपाल राष्ट्रिय तयारी समिती (एनपिसी)का अध्यक्ष सुदिप शर्माले विश्व युवा महोत्सवमा सहभागीलाई गर्न हुने र नहुने बिषयमा जानकारी गराएका थिए । नेपालबाट सो कार्यक्रममा नेपालबाट १ सय २५ जना सहभागी हुने एनपिसीका अध्यक्ष शर्माले लाई बताए ।

कार्यक्रममा नेपालस्थित रसियाका राजदुत अलिक्सइ नोभिकोपत्नी एरिना, रसियन हाउसका निर्देशक एन्टोन र रसियन दुतावासका प्रथम अधिृकत एलेक्जेण्डरले कार्यक्रममा जान लागेका सहभागीलाई शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रममा नेकपा एकीकृत समाजवादीका युवा नेता सुदेश पराजुलीले मन्तव्य राखेका थिए । बिप्लब निकट युवा नेता प्रकाश सी लगायतका युवा नेताहरुले आफ्नो शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा विभिन्न राजनितिक दलका नेता,बिद्यार्थी,पत्रकार, इन्जिनियर लगायतको उपस्थिती रहेको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 30 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

यस्तो छ, २०८१ सालको वर्षफल

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
तीन तन्नेरी, जसलाई चुनाब जित्न दलको सहारा लिनु परेन