दैलेख । नारायण नगरपालिकाले बालवालिकासंग नगर प्रमुख कार्यक्रम सुरु गरेको छ । आईतबार रैनादेवि माध्यमिक विद्यालयमा नारायण नगरपालिका –११टाटामाखुमा उक्त कार्यक्रम आयोजना गरिएको हो ।
बालबालिकाहरुले भोगिरहेका समस्या समधान गर्न कार्यक्रम आयोजना गरिएको नारायण नगरपालिकाका प्रवक्ता एवं वडा नं ६का वडाध्यक्ष जनक न्यौपानेले जानकारी दिए ।उनले अन्य नारायण नगरपालिकाका प्रत्येक वडामा कार्यक्रम संञ्चानन गरिने बताए । बालबालिकाको मनोबल बढाउन र क्षमता बढाउन बालवालिकासंग नगर प्रमुख कार्यक्रम गरिएको उनले राजधानीलाई जानकारी दिए ।
नारायण नगरपालिकाको आयोजनामा संञ्चालन गरिएको बालवालिकासंग नगर प्रमुख कार्यक्रममा बालबालिकाले बालबालिकाका समस्याका ’boutमा खुलेर प्रश्न राखेका थिए ।
बालबालिकाकाहरुले आफ्नो सर्वाङ्गिण विकासको लागि बाल सहभागीता, बाल विकास, बाल संरक्षण र बाल बचाउका क्षेत्रहरुमा भएको समस्याहरु सहित नगरपालिकाले बालबालिकाहरुको लागि कामहरु गर्नुपर्नेे सुझाव दिएका थिए ।
यस्तै रैनादेवि माध्यमिक विद्यालयका प्रधानाध्यापक सन्तबहादुर खड्का नारायण नगरपालिका दैलेख नगरप्रमुख लोमन शर्मा समक्ष बालबालबालिका र विद्यालयको समस्या राखेका छन् ।

बालबालबालिकाको सवालहरुको सम्बोधन गर्दै नगर प्रमुख लोमन शर्माले प्राथमिकताको आधारमा विद्यालय सुधार योजना निर्माण गरी समस्याहरुको सामाधान गर्दै जाने बताए । नगरपालिकाको पहिलो प्राथमिकता विद्यालयमा बालमैत्री र शिक्षण सिकाई मैत्री वातावरण निर्माण गर्न पहल गर्ने उनले जानकारी दिए ।
बालबालिकाहरुले विद्यालय कक्षा कोठाको समस्या, अव्यबस्थित बसाई, खानेपानी तथा वालमैत्री संरचना लगायतका बिषयमा समाधान गर्न नगरपालिका काम गरिरहेको उनले जानकारी दिए । विद्यालयमा अध्ययन गर्ने बालबालिकालाई समान र गुणस्तरिय शिक्षा प्रदान गर्ने दायित्व हामी सबैको भएको भन्दै त्यसको लागि नेतृत्व बहन गर्ने समेत बताए ।उनले विद्यालयमा भएका समस्या समधान गर्न नगरपालिका लागी पर्ने बताए ।
कार्यक्रममा नारायण नगरपालिकानारायण नगरपालिका स्वास्थ्य शाखाका प्रमुख लालबहादुर खड्का,नारायण नगरपालिका दैलेखका शिक्षा शाखा प्रमुख पुर्ण प्रसाद उपाध्याय, रैनादेवि माध्यमिक विद्यालयका शिक्षक ,अभिभावक, विद्यार्थीको लगायतको सहभागीता रहेको थियो ।






