कास्कीमा मानवअधिकार उल्लंघन तथा ज्यादतिका घटना बढी

पोखरा । गत वर्ष गण्डकी प्रदेशका ११ जिल्लामध्ये कास्कीमा सबैभन्दा बढी मानवअधिकार उल्लंघन तथा ज्यादतिका घटना भएको पाइएको छ ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले हालै सार्वजनिक गरेको मानवअधिकार वर्ष पुस्तक २०२४ का अनुसार सन् २०२३ मा कास्कीमा सबैभन्दा बढी १ सय ६४ जना पीडित भएका हुन् । सबैभन्दा कम मनाङमा यसप्रकारका कुनै पनि घटना भएनन् । गएको वर्ष सन् २०२३ मा नेपालभर ९ हजार ३ सय ८८ जना मानिस मानवअधिकार उल्लंघन तथा ज्यादतीका घटनाबाट पीडित भएको इन्सेकले प्रकाशन गरेको पुस्तकमा उल्लेख छ ।

सन् २०२३ मा गण्डकी प्रदेशमा अघिल्लो वर्षको तुलनामा मानवअधिकार उल्लंघन तथा ज्यादतिका घटना बढेका छन् । सन् २०२३ मा ६ सय ११ जना पीडित भएको इन्सेक गण्डकी प्रदेश प्रमुख शिवप्रसाद खकुरेलले बताए । अघिल्लो वर्ष ५ सय ४१ जना पीडित भएका थिए ।

पीडितमध्ये राज्य पक्षबाट ५ जना र अन्य पक्षबाट ६ सय ६ जना गरी ६ सय ११ हुन् । राज्य पक्षबाट पीडित पाँचै जना पुरुष भएकोमा अन्य पक्षबाट ५ सय ४८ जना महिला र ६३ जना पुरुष भएको तथ्यांक छ ।

खकुरेलका अनुसार अघिल्लो वर्ष तुलनामा सन् २०२३ मा संख्यात्मक हिसाबले राज्य पक्षबाट भएका घटनामा कमी आएको छ भने अन्य पक्षबाट भएका घटनामा वृद्धि भएको हो । यसका आधारमा पनि यस प्रदेशमा मानवअधिकार उल्लंघन तथा ज्यादतीका घटनामा गत वर्षको तुलनामा बढेको उनको भनाइ छ ।

कुटपिटमा ३ महिला र २२ पुरुष गरी २५ जना पीडित भएको पाइएको छ । धम्कीबाट १ महिला र ३ पुरुष पीडित भए । गण्डकीमा सन् २०२३ मा २८ जना मानिसको हत्या भएको छ । तीमध्ये १५ महिला हुन् ।

महिला अधिकारसम्बन्धी विभिन्न घटनामा ४ सय १६ जना पीडित भए । बालअधिकार उल्लंघनका घटनामा १ सय १० जना बालिका र ५ जना बालक पीडित भए । साथै गण्डकी प्रदेशमा जातीय विभेदका घटनामा २ महिला र ५ पुरुष गरी ७ जना पीडित भए ।

तपाइको प्रतिक्रिया
(Visited 43 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

यो गठबन्धन कति दिन टिक्छ भन्ने टुङ्गो छैन: अध्यक्ष नेपाल

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
भरतपुरमा गठबन्धनको प्रतिबद्धतापत्र : विद्युतीय चुलोमा अनुदानदेखि किसानलाई पेन्सनसम्म