निजी अस्पतालमा नक्कली स्वास्थ्यकर्मी

रौतहट । रौतहटको एक अस्पतालबाट ३ जना नक्कली स्वास्थ्यकर्मी पक्राउ परेका छन् । जिल्लाको यमुनामाई गाउँपालिका–१ सुकदेव चोकमा रहेको सगरमाथा तराई हस्पिटल प्रालि सुकदेव चोकमा कार्यरत ३ जना नक्कली स्वास्थ्यकर्मी पक्राउ परेका हुन् ।

यसरी पक्राउ पर्नेमा भारतको बिहार राज्य जिल्ला पूर्वी चम्पारण थाना ढाका वडा–१४ खैरवा बस्ने ४५ वर्षीय हसिंन अख्तर, भारत बिहार राज्य जिल्ला पूर्वी चम्पारण थाना सिकारगन्ज–३ वटोआ बस्ने २७ वर्षीय मो. तबरेज आलम र यमुनामाई गागँपालिका–२ भेडियाहीटोल बस्ने २७ वर्षीय कलाम मन्सुरी रहेको प्रहरीले जनाएको छ ।

निर्धारित शैक्षिक योग्यता प्राप्त नगरेका र इलाज गर्ने अनुमतिपत्र प्राप्त नगरेका व्यक्तिलाई राखी बिरामीको एपेन्डिस, पायल्स, युट्रेसलगायतका शल्यक्रिया हँुदै आएको भन्ने सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक महेन्द्र श्रेष्ठले जानकारी दिए ।

जिल्ला प्रशासन कार्यालय रौतहट तथा जिल्ला प्रहरी कार्यालय रौतहटको संयुक्त अनुगमन टोलीले अस्पतालमा अनुगमन गर्दा उनीहरू पक्राउ परेको प्रहरी उपरीक्षक श्रेष्ठले बताए ।

उनीहरूसँग बिरामीको उपचार गर्न पाउने इजाजत पत्र माग गर्दा निजसँग उपचार गर्न चाहिने निर्धारित शैक्षिक योग्यताको प्रमाणप्रत्र नभएका कारण पक्राउ गरी मुलुकी अपराध संहिता २०७४ अन्तर्गत इलाजसम्बन्धी कसुरमा मुद्दा दर्तासमेत गरेको उनले जानकारी दिए ।

यसमा संलग्न अन्य व्यक्तिको समेत पहिचान गरी खोजतलास गर्ने कार्य भइरहेको उनले जानकारी दिएका छन् ।

केही वर्ष यता रौतहटमा दर्ता अनुमतिपत्र नलिई अस्पताल व्यापक रूपमा सञ्चालन भइरहेको पाइएको छ । सम्बन्धित निकायले रौतहटमा सञ्चालित अस्पतालको अनुगमन नगर्दा अकालमा नागरिकले ज्यान गुमाउनुपरिरहेको उपभोक्ता हित संरक्षण मञ्च रौतहटका अध्यक्ष टीका घिमिरेले बताए । रौतहट जिल्लाभरिका निजी स्वास्थ्य संस्थाको अविलम्ब अनुगमन गर्न अध्यक्ष घिमिरेले माग गरेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 165 times, 1 visits today)

epaper

ताजा समाचार

मौलिक देउसी–भैलोमा ‘पुन समाज पोखरा’ च्याम्पियन