बारामा शंकास्पद वस्तु विस्फोट हुँदा ३ जनाको मृत्यु

बारा । बाराको निजगढ नगरपालिका–७ रोहित वर्कशपमा बमजस्तो देखिने शंकास्पद वस्तु पड्किदा घाइते मध्येका थप दुईसहित ३ जनाको मृत्यु भएको छ ।

घाइतेमध्ये मृत्यु हुनेमा भारत गवाही बस्ने ३५ वर्षीय राकेश जयसवाल र वीरगंज महानगर पालिका–९ वस्ने ३४ का बस्ने बर्ष २० को रितु रजत रहेका छन् । उनीहरुको बयोधा अस्पताल बीरगन्जमा मृत्यु भएको हो । यस अघि सो घटनामा बर्कशप सञ्चालक निजगढ नगरपालिका–९ का रेशम जर्घामगरको घटनास्थलमा नै मृत्यु भएको थियो ।

सख्त घाइतेहरुमा वीरगंज महानगरपालिका–९ वस्ने ३४ काफिरोद देवान र भारत रामगढवा बस्ने बर्ष २० को अरीवन साह रहेका छन् । कवाड सञ्चालक राज जैसवालले सो बमजस्तो देखिने वस्तुमा रहेको तामा निकाल्न वर्कशपमा ल्याएका र वर्कशपमा काट्ने क्रममा सो बमजस्तै देखिने वस्तु विस्फोट हुँदा सो घटना भएको हो ।

जैसवाल र उनकी श्रीमति सुशीलादेवी जैशवाललाई घटनास्थलबाट भारत भाग्ने क्रममा प्रहरीले पक्राउ गरेको बाराका प्रहरी उपरीक्षक सुरेश काफ्लेले बताए । यता अनुसन्धानमा खटिएको प्रहरीले सिसिटिभी हेर्ने र सो बिक्रीमा संलग्न रहेकाहरुको पहिचानका लागि गएराति दुई स्थानमा छापा मारी थप मानिस पक्राउ गरेको छ ।

विस्फोटन भएको वस्तुमा ईन्डियन फिल्ड गन १०५ एचई प्रोजेक्टाईल रहेको प्रहरीको भनाइ छ ।

तपाइको प्रतिक्रिया
(Visited 160 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

यो गठबन्धन कति दिन टिक्छ भन्ने टुङ्गो छैन: अध्यक्ष नेपाल

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
जनकपुरमा कांग्रेसले गठबन्धनको निर्णय नमान्ने