पेन्गुइन’bout केही आश्चर्य

पेन्गुइन जन्मेदेखि मर्दासम्म हिउँमाथि बस्ने प्राणी हो । यो मानिसजस्तै दुई खुट्टाको सहाराले सिधा भएर हिँड्छ । पेन्गुइन अन्टार्कटिकादेखि भूमध्यरेखासम्म पाइन थालेका छन् । दक्षिण अफ्रिका, चिली, पेरू, ग्यालापागोस द्वीप, न्युजिल्यान्ड, अस्ट्रलियालगायतका देशमा भेटिन थालेका छन् ।

हिउँ भए पनि दक्षिणी गोलद्र्धमा भने पेन्गुइन पाइएका छैनन्् । चरा प्रजातिमा नपर्ने भनेर नै ‘पेन्गुइन’ नाम दिइएको हो । पहिलेपहिले त मानिसले यिनलाई स्तनधारी नै सम्झन्थे । छोटा र मसिना प्वाँखका कारण यिनको शरीर कहिल्यै पनि भिज्दैन ।

खुट्टामा कुचालक पत्रले बेरेको हुन्छ र चिसो शरीरमा पस्दैन । खुट्टा छोटा, मजबुत र घुँडा भएका हुन्छन् । यी पानीमा पौडिनु हावामा उड्नुबराबर नै हो । सिकारी सार्क र ह्वेललाई सजिलै छल्न र छक्याउन सक्छ । भाले पेन्गुइनले खुट्टामा अन्डा राखेर चिसोबाट बचाएर बच्चा कोरल्छ ।

पेन्गुइनका खुट्टा चिसिँदा र जम्दा तिनको मुटुको झड्काले दिएको ताप खुट्टासम्म प्रसार हुन्छ । चिसिएको रगत मुटुमा फर्किएपछि जीवन पुनः सुचारू हुन्छ । एन्थोपोर्निस नोर्डेन्स्क्जोल्डी नामक पेन्गुइन २ मिटर अग्ला थिए । हिम चितुवा पेन्गुइनको सबैभन्दा ठूलो शत्रु हो । हिउँ भालु पनि पेन्गुइनका लागि उत्तिकै खतरनाक मानिन्छ ।

तपाइको प्रतिक्रिया
(Visited 57 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

यो गठबन्धन कति दिन टिक्छ भन्ने टुङ्गो छैन: अध्यक्ष नेपाल

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
धनगढीका मतदान अधिकृत भट्ट घाइते