पाँचथर गोल्डकपः आर्मी अन्तिम चारमा

पाँचथर । सदरमुकाम फिदिममा जारी चौंथो संस्करणको अन्तराष्ट्रिय आमन्त्रण वाइ वाइ पाँचथर गोल्डकप फुटवल प्रतियोगिताबाट १–० को साँघुरो हार व्यहोर्दे पाहुना टोली भारतको हिल्स एकेडेमी खर्साङ प्रतियोगिताबाट बाहिरिएको छ ।

फिदिम खेलमैदानमा मंगलबार भएको प्रतियोगिताको अन्तिम क्वाटरफाइनल खेलमा १–० को जीत निकाल्दै ‘ए’ डिविजन त्रिभुवन आर्मी क्लवले अन्तिमा चारमा आफ्नो स्थान सुरक्षित ग¥यो । आर्मीलाई जीत दिलाउन खेलको ४७ औं मिनेटमा दिशान्त राईले गरेको गोल नै निर्णायक बन्यो ।

आर्मीका दीप लामाको क्रशमा हिल्स एकेडेमीका डिफेन्डरको कमजोरीको फाइदा उठाउदै दिशान्तले सुन्दर गोल गरे । उनले खेलको म्यान अफ् दि म्याच बन्दै नगद पाँच हजार रुपैंयाँ प्राप्त गरे । १–० ले पछि परेको हिल्स एकेडेमीले खेल अवधीभरी खेलमा फर्किने प्रयास गरे पनि गोल गर्न नसक्दा नतिजा आर्मीलाई सुम्पिनुप¥यो ।

यो सँगै प्रतियोगिताको सेमीफाइनल समीकरण पूरा भएको छ । विजेता आर्मीले अब फाइनल प्रवेशका लागि फागुन १७ गते झापा ११ सँग खेल्नुपर्नेछ । प्रतियोगिताको पहिलो सेमीफाइनल खेलमा बुधबार आयोजक पाँचथर क्लवले राइटलेन एजुकेशन बाग्मती युथ क्लव सर्लाहीसँग खेल्नेछ ।

फागुन १९ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले नगद ५ लाख ५ हजार ५५५ रुपैंयाँ र उपविजेताले नगद २ लाख ५५ हजार ५५५ रुपैंयाँ प्राप्त गर्ने आयोजक पाँचथर फुटवल क्लवका अध्यक्ष निशान शिवाकोटीले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 185 times, 1 visits today)

epaper

ताजा समाचार

मौलिक देउसी–भैलोमा ‘पुन समाज पोखरा’ च्याम्पियन