अम्बरकै गीत गाएर मनाईयो ८६ औँ जन्मजयन्ती

काठमाडौँ । अमर श्रष्टा अम्बर गुरुङका गीतहरु सुनाउँदै संगीतकर्मीहरुले उनलाई सम्झिएका छन् । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले सो प्रज्ञा–प्रतिष्ठानका प्रथम कुलपति एवम् राष्ट्रगानका संगीतकार अम्बर गुरुङको ८६ आँै जन्म जयन्तीका अवसरमा सोमबार आयोजना गरेको कार्यक्रममा विभिन्न श्रष्टाले उनका गीतहरु सुनाए ।

सोही प्रज्ञा प्रतिष्ठानको सभा हलमा आयोजना कार्यक्रममा कुलपति निशा शर्मा, नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राईलगायतले अम्बर गुरुङको तस्विरमा माल्यार्पण गर्दै उनीप्रति श्रद्धासुमन अर्पण गरेका थिए ।

कार्यक्रममा छोरा किशोर गुरुङले बुबालाई सम्झेर बुबाको संगीतमा योगदान’bout चर्चा गरे । उनले बुबाले आफूलाई लेखेको पत्र वाचन गरेर सुनाएका थिए । बुवाको योगदानलाई अहिलेका पुस्ताले अनुसरण गरेकोमा उनले आभार प्रकट गरे ।

अम्बर गुरुङलाई केही कलाकारले कार्यक्रममा उनकै गीतबाट सम्झिए । अग्रज गायिका संगिता प्रधानले गुरुङद्धारा संगीतबद्ध कति सम्हालुँ चोटहरु…गीत सुनाईन् । यस्तै अर्की अग्रज गायिक कुन्ती मोक्तानले गुरुङको अर्को गीत उकाली चढ्दा पसिना पुछ्ने…गाएर अमर श्रष्टालाई सम्झिईन् । विष्णु अधिकारीले मेरो यो गीतमा जुन मुर्छना…गाउँदा बाँकी कलाकारले तालीले साथ दिएका थिए ।

सो प्रतिष्ठानका कुलपति निशा शर्माले अम्बर गुरुङको योगदानलाई भुल्न नहुने भनाई राखिन्,‘उहाँले देखेको नेपाली अकेष्ट्राको सपनालाई साकार पार्न प्रज्ञा प्रतिष्ठान प्रयासरत रहेको छ । हामी सबैको सल्लाह अनुसार अकेष्ट्रा टिम तयारीमा जुटिरहेका छौं ।’ उनले भनिन् ।

नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राईले अम्बर गुरुङसँगका आफ्ना विभिन्न सम्झना सुनाउँदै गुरुङलाई राष्ट्रगानका संगीतकारमात्र भनेर सम्बोधन गर्दा उनको सांगीतिक योगदान ओझेलमा पर्ने चिन्ता व्यक्त गरे । गुरुङ नेपाली संगीतको बहुआयामिक व्यक्तित्व भएको उनले बताए ।

नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति शम्भु राईले कार्यक्रममा स्वागत मन्तव्य राख्दै सो प्रतिष्ठानमा प्रथम कुलपति भएर गुरुङले पु¥याएको योगदानको चर्चा गरे । सो कार्यक्रममा अग्रज संगीतकार दिपक जंगमले अम्बर गुरुङलाई अकेष्ट्रा संगीतका विज्ञको रुपमा व्याख्या गरे । प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव कुश्मा महराले नेपाली संगीतमा अम्बर गुरुङको योगदानको चर्चा गरिन् । यस्तै अग्रज संगीतकर्मीहरु श्याम प्रकाश तमोट, अमूल कार्की ढली लगायतले पनि नेपाली संगीतमा अम्बर गुरुङको योगदानको ’bout आफ्ना भनाई राखे ।

तपाइको प्रतिक्रिया
(Visited 88 times, 1 visits today)

epaper

ताजा समाचार

देश र पार्टीको अवस्थाबारे डा. कोइरालाद्वारा बुद्धिजीवीसँग छलफल