पर्यटकीय क्षेत्र बोकेर घुम्न जाऊँ इलाम अभियानमा पर्यटन व्यवसायी

आफ्नो वरिपरि
भीर, पाखा र कान्लाभरि
थुम्का थुम्का चिया, र
झुम्का–झुम्का अलैँची उमारेर
सन्तोषले एक्कासि सस्मित उठेको झैँ
हरियो भरियो इलामलाई देख्दा मलाई
नेपालभरि अलिअलि इलाम छर्न मन लाग्यो
कवि भूपी शेरचनले लेखेका यी कविता पङ्क्तिले भने झैँ इलामका पर्यटन व्यवसायी इलाम घुम्न जाऊँ अभियानमा देशका पश्चिमी जिल्लाको अभियानमा निस्किएका छन् । इलामको माई पोखरीको जल, पाथीभराको माटो र इलामका गीत सङ्गीत सहित जिल्लाका पर्यटकीय क्षेत्रको प्रचार प्रसारका लागी पश्चिमी जिल्लाको अभियानमा निस्किएका हुन । इलम भन्ने बित्तिकै धेरै जसोले कन्याम र अन्तु मात्रै बुझ्ने गरेको र त्यही बाट फर्कने गरेको भन्दै कन्यामय र अन्तु भन्दा धेरै राम्रा पर्यटकीय गन्तव्य इलाममा छन् भन्ने चिनाउनका लागि व्यवसायी लागिपरेका हुन । मङ्गलवारबाट इलामबाट सुरु भएको अभियानमा विभिन्न जिल्लाका पर्यटन व्यवसायीसँग छलफल साथ इलामको पर्यटकीय क्षेत्रको प्रचार अभियानमा छन् ।

होटेल व्यवसायी सङ्घको आयोजनामा भएको अभियानमा उद्योग वाणीज्य सङ्घका प्रतिनिधि, राजनैतिक दलका प्रतिनिधि सहित विभिन्न सङ्घसंस्था र सञ्चारकर्मी सहित बिस जनाको टोली अभियानमा निस्किएको छ । बिस गते सम्म चल्ने अभियानले इलामका पर्यटकीय गन्तव्यको चिनारी सँगै त्यसको महत्वको ’boutका परिचित गराउने होटेल एसोसिएसनका अध्यक्ष देवी पौडेलले बताए ।

इलामका पाथीभरा कन्यामय, अन्तुडाँडा सँगै सन्दकपुर, माइपोखरी, पाटेनागी जौवारि, तुम्लिङ, मेघमा, गजुरमुखी, लारुम्बालगायत पर्यटकीय स्थलमा पर्यटक पु¥याउने र इलाममा कन्यामय र अन्तु भन्दा राम्रा ठाउँ पनि छन् भन्ने चिनाउन अभियान सञ्चालन गरिएको महासचिव प्रकाश चापागाईँले बताए । कन्यामय, इलाम, अन्तु, पानी टारको हरियो चियावारिको उत्कृष्ट दृश्य सँगै पाटेनागी सन्दुकपुरबाट कञ्चनजङ्घा लगायतका हिमालसमेत प्रस्ट देखिने भएपनि प्रचार प्रसार हुन नसक्दा इलाम पुग्ने पर्यटक आदिबाटैबाट फर्किने गरेको कारण ठाउँ चिनारीको लागि अभियान सञ्चालन गरिएको हो ।

सूर्योदय–सूर्यास्त दृश्यावलोकनका लागि इलामको पाटेनागी र सन्दकपुर महत्व पुर्णरहनुका साथै पानी टारको चिया बगान र सिद्ध थुम्काको सुर्यअस्थ अवलोकनका लागि पुग्ने पर्यटक एक पटकमा मात्रै चित्त बुझाउन नसक्नेगरीको देखिन्छ । तर पर्यटकीय स्थलको प्रचार अभावमा पर्यटकको पर्खाइमा रहेका यी स्थलबाट नजिकैको स्थानमा ज्ञानदिलदासको जन्मभूमि र उनले तपस्या गरेको तीन वटा गुफा पनि इलाम जिल्ला मानै पर्दछ । सदरमुकामबाट नजिकैको दुरीमा रहेको पाटेनागीबाट कञ्चन्जंघा, कुम्भकर्ण, सगरमाथा सहित तराईका समथर भूभागको अवलोकनसँगै इलाम र पाँचथरको सिमानाबाट ज्ञानदिलदासको जन्मभुमीमा पुग्न सकिन्छ ।

अभियानमा रहेका नेपाली काँग्रेसका राजेन्द्र शर्माले तराई क्षेत्रमा गर्मी बढेका बेला झापाबाट नजिकै रहेको इलामका यी पर्यटकीय स्थलको अवलोकनका लागि उपयुक्त रहेको भन्दै पुग्ने पर्यटकले सदरमुकाम पुग्ने पर्यटकले ऐतिहासिक चिया कारखाना र इलाम दरवारको अवलोकनसँगै पर्यटकीय क्षेत्रको अवलोकन गर्न सकिने बताए । अभियानमा रहेका नेकपा एमाले नगर कमिटी सचिव ठाकुरनारायण श्रेष्ठ प्रचारप्रसार नै नभएका पर्यटकीय स्थलको सङ्ख्या इलाममा धेरै छन् । छिन टापु, गोरुवाले, जौवारि, पाटेनागी लगायतका पर्यटकीय स्थलको प्रचारप्रसार हुन सकेका छैनन् ।

जैविक विविधता, टोड्के झर्ना सदरमुकामनजिकैको बालन गाउँ, जमुनाको चोया टार वन, प्याङको थुम्के, पानी टार चियाबारी, सिद्धि थुम्का, मिक्लाचोङलगायत दर्जनौँ पर्यटकीय स्थलको पूर्वाधार विकास हुन बाँकी छ । यी पर्यटकीय क्षेत्रको विकासका लागि पनि प्रचारप्रसार आवश्यक रहेको श्रेष्ठ बताउँछन् । बिर्तामोडबाट हाल निर्माण हुँदै गरेको द्रुतमार्ग हुँदै एक घण्टामा इलाम सदरमुकाम पुग्न सकिन्छ भने मेची राजमार्ग हुँदै कन्यामको अवलोकनसँगै इलाम सदरमुकाम पुग्ने पर्यटक बासका लागि होटेलमा बस्ने व्यवस्था रहेको छ । त्यहाँबाट अन्य पर्यटकीय स्थलमा पुग्दा होमस्टेको आरामदायी सेवाको अनुभव साटासाट गर्न पाउने छन् ।

सदरमुकामबाट १३ किलोमिटरमा पर्ने माई पोखरीको जैविक विविधता अवलोकन र अध्ययन गर्ने सिजन भदौपछि नै सुरु हुन्छ । यो मौसम पर्यटकका लागि उपयोगी भएकाले प्रायः पर्यटकले खाली हुँदैनन् । धार्मिक आस्थाको केन्द्र पनि भएकाले माई पोखरीमा पूजापाठ गर्ने, जल चढाउने, सदबीज छर्ने कामका लागि धार्मिक पर्यटक धुइरो लाग्छन् । बाह्रमास चिसो मौसम रहने माई पोखरीमा प्रायः मङ्गलवार र शनिवार धार्मिक पर्यटक घुइँचो लाग्ने गर्दछ । यहाँ दर्जनौँ प्रजातिका चाँप, गुराँस र लोपोन्मुख जडीबुटीले वरिपरिबाट पहरा दिइरहेको छ यसलाई । आकाश उघ्रेका बेला कञ्चन पानीमा देखिने कोणधारी धुपी र सल्लाघारीको छाँया आकर्षक देखिन्छ ।

सन्दकपुर एउटा अर्को सूर्योदयका लागि इलामको प्रसिद्ध ठाउँ हो । सदरमुकाम बाट १७,१८ किलोमिटरको दुरीमा रहेको यो ठाउँमा पुग्न सात आठ घण्टाको मोटर बाटो यात्रा तय गर्नु पर्ने हुन्छ । इलाम बजार देखि बरबोटे सुलबुङ हुँदै माबु तीनकुने बजार बाटो हुँदै सन्दकपुर पुगिन्छ ।

इलाम सदरमुकाम देखि पश्चिमी क्षेत्रमा रहेको ,लगभग ४१,४२ किलोमिटर मोटर यात्रापछि पुगिने अर्को पर्यटकीय स्थल हो गजुरमुखी धाम । गजुरमुखीको नाममा भाकल गर्दा आफूले इच्छाएको कुरा पुग्ने सफल हुने धार्मिक विश्वास रहिआएकोले टाढा टाढा बाट भक्तजनहरूको घुइँचो लाग्ने गर्दछ । विशेष गरेर आफ्नो भाकल दर्साउन बिदाको दिन पारेर धार्मिक आस्थाका ब्यतिmहरु आउने स्थानीयहरू बताउँछन् । यो धाममा भाकल गरे पछि आफ असफल भएको कुरामा सफलता मिल्ने र कसैलाई सन्तान प्राप्ति नभएमा सन्तान प्राप्ति हुने, बोली बन्द भएकालाई बोली फर्काइदिने विश्वासहरू रहिआएको सुन्न सकिन्छ ।

सूर्योदय र सूर्यास्त अवलोकनका लागि अर्को लागि प्रसिद्ध इलामकै पर्यटकको गन्तव्य सिद्दिथुम्का डाँडा हो । सदरमुकाम बाट १४,१५ किलोमिटरको मोटर बाटोको यात्रा पछि सिद्दिथुम्का आई पुगिन्छ । यो सिद्दिथुम्का डाँडा बाट सूर्योदय र सूर्यास्तको दृश्य मनमोहक देखिने भएकोले पनि यो ठाउँको विशेषता भिन्न रहेको छे । यो उच्च डाँडाबाट झापा,मोर ङका लमतन्न फाटहरुको मनोरम दृश्य अवलोकन गर्न सकिने भएकोले पनि मनमा आनन्दको अनुभूति हुन्छ ।

टोड्के झरना इलामको एक मात्र प्रसिद्ध र अग्लो झरना हो । इलाम जिल्लाको साबिक माई मझुवा गाविस हाल सन्दकपुर गाँउपालीका २ माई मझुवामा रहेको छ । इलाम जिल्लाको सबभन्दा लामो झरना र आकर्षक झरना भएकोले गर्दा यो झरनाको प्रसिद्धि बढेको हो । चारैतिर हरियाली अनि बिचमा छङ छङ झर्ने झरनाले गर्दा मनै रोमाञ्चित हुन्छ र झरना सँग केही समय भए पनि भिज्न मन लाग्छ ।

त्यस्तै यो ठाँउको अर्को विशेषता हो रेड पान्डा । नेपालमा दुर्लभ हुनै आ६ेका रेड पान्डा हाब्रे यो क्षेत्रमा पाउँछ । पर्यटकहरूका लागि मनोरञ्जन र रेडपाण्डाको संरक्षणको लागि यो स्थानमा रेडपाण्डाहरु विशेष सूरक्षाका साथ संरक्षण गरेर राखिएको छ । रेडपाण्डाहरु शारीरिक रूपमा आकर्षक र लोभ लाग्दो भएकोले पनि पर्यटकहरू रेडपाण्डा अवलोकन गर्न मोहित हुन्छन् । यो सँगै जिल्लामा विभिन्न पर्यटकीय गन्तव्य रहे पनि यसको प्रचार प्रसारको अभावमा पर्यटकको पखाईमा रहेकाकारण इलामका पर्यटन व्यवसायी जिल्ला अभियानमा निस्किएका हुन ।

तपाइको प्रतिक्रिया
(Visited 78 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

देउवा-नेपालको भेटले सत्ता समीकरणमा तरंग

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
ग्रामिण वस्तीहरुमा स्मार्ट भिलेजको अवधारणा कार्यान्वयन गर्छु : अधिकारी