पाँचथर गोल्डकपः टाइब्रेकरमा आर्मी भाग्यमानी

पाँथचर । ‘ए’ डिविजन त्रिभुवन आर्मी क्लव फिदिममा जारी चौंथो संस्करणको अन्तराष्ट्रिय आमन्त्रण वाइ वाइ पाँचथर गोल्डकप फुटवल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

फिदिम खेलमैदानमा बिहीबार भएको प्रतियोगिताको अन्तिम क्वाटरफाइनल खेलमा आर्मीले झापा ११ लाई टाइब्रेकरमा ३–० ले पाखा लगायो । टाइब्रेकरमा आर्मीका सन्तोष केसी, दिप लामा र मान बहादुर आले मगरले गोल गर्दा झापाका पेमा तामाङ र बिषाल तामाङको प्रहार गोलपोष्टको बारमा लागेर फर्किएको थियो । रोजिन माझीको प्रहारलाई आर्मीका गोलकिपर नवीन परियारले रोकेका थिए ।

निर्धारित समय १–१ गोलको बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । दोस्रो हाफको सुरुवातमै दिप लामाको गोलबाट आमीले अग्रता लिए पनि दोस्रो हाफको १७ औं मिनेटमा आर्मीका डिफेन्डरले झापाका खेलाडीलाई डि एरियाभित्र फउल गरेपछि झापाले पेनाल्टी पाएको थियो । पेनाल्टीमा प्रदीप बुढाथोकीले गोल गर्दै टोलीलाई खेलमा फर्काएको थियो । तर, टाइब्रेकरमा झापा अभागी साबित भयो ।

खेलको म्यान अफ् दि म्याच आर्मीका दिप लामा बने । उनले नगद पाँच हजार रुपैंयाँ प्राप्त गरे । अब फागुन १९ गते हुने प्रतियोगिताको फाइनलमा आर्मीले आयोजक पाँचथर क्लवसँग उपाधीका लागि खेल्नेछ ।

तपाइको प्रतिक्रिया
(Visited 63 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

देउवा-नेपालको भेटले सत्ता समीकरणमा तरंग

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
अफताव आलमको छोरा राजपुर मेयरमा निर्वाचित