पोखराबाट इश्वरको छायाँकन सकियो

काठमाडौं । नेपाली चलचित्र इश्वरको छायाँकन सम्पन्न भएको छ । यो चलचित्रको छायाँकन सुरु भएको २७ दिनमा शनिबार छायाँकन सकिएको हो । राजु गिरीको निर्देशन रहेको यो चलचित्रमा ध्रुब थापा, अनु शाह, पृथ्वीराज प्रसाईं, कृष्टि गुरुङ, सुनिल थापा, सबिन बास्तोला, माओत्से गुरुङ, रबिन्द्र झा, बुद्धि लामा, शिशिर वाङ्देल र गीता अधिकारीको अभिनय रहेको छ ।

फिल्मको सम्पूर्ण छायांकन पोखरा र हेम्जाकोटमा गरिएको छ । यसको छायाँकन हेम्जाकोटाबाट सम्पन्न भएको निर्माण पक्षले जनाएको छ । फिल्मको पटकथा एवम् संवाद भोजराज देवकोटाले तयार पारेका हुन् ।

हरिबहादुर थापा र शंकर गिरी निर्माता रहेको फिल्ममा अर्जुन पोखरेल, राजेन्द्र बजगाई र वीपी वाग्लेको संगीत रहेको छ । चलचित्रमा कविराज गहतराज, देवेन्द्र पाण्डे र सुरेश पाण्डेको कोरियोग्राफी, रामेश्वर हुँमागाईको छायांकन र देव महर्जनको द्वन्द्व रहेको छ ।

लक्ष्मी कुँवर थापाको प्रस्तुतिमा निर्माण भएको यो चलचित्र दिव्या कंगना फिल्मसको ब्यानरमा निर्माण भएको हो । चलचित्रको रिलिज मिति अब चाँडै घोषणा गरिने आयोजक पक्षले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 78 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

‘दुर्बासा’ पत्रकार !

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
धनगढीका मेयरका प्रत्याशी हमालले मन्दिरमा पसेर भ्रष्टाचार नगर्ने कसम खाए (भिडियाेसहित)