इटहरीमा जलेर वृद्धाको मृत्यु

सुन्दरहरैचा । शनिवार मध्यरात आगलागी हुँदा एक वृद्धाको मृत्यु भएको छ । इटहरी उपमहानगरपालि ६ वीपी चौककी ५२ बर्सिया गाेपीमाया कटुवालको जलेर मृत्यु भएको हो । शवलाई कानुनी प्रकृया अनुसार पोस्टमार्टमको लागि धरानस्थित घोपाक्याम पठाइसकियको इटहरी उपमहानगरनगरपालिका ६ का वडाअध्यक्ष दिबस पोखरेलले जानकारी दिए।

इटहरी–६ का विष्णु खड्काको घरमा गए राति भएको आगलागीमा कटुवालको मृत्यु भएको प्रहरीले जनाएको छ । आगलागीबाट महिलाको कोठामा भएका सबै सामान जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ। कटुवाल छोरा–बुहारीसँग डेरामा बस्दै आएकी थिइन् । आगलागीको कारण’bout थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।

तपाइको प्रतिक्रिया
(Visited 79 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

देउवा-नेपालको भेटले सत्ता समीकरणमा तरंग

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
बैतडीका २९२ उम्मेदवारको धरौटी जफत