चलचित्र रंगेलीको नाममा सेन्सरको बक्रदृष्टी

काठमाडौं । आगामी २५ फागुनबाट रिलिज हुने नेपाली चलचित्र रंगेलीलाई नामकै कारण केन्द्रिय चलचित्र जाँच समितिले सेन्सर रोकेको छ । यो चलचित्रलाई आईतबार दिउँसोसम्म पनि सेन्सर बोर्डले सेन्सर सर्टिफिकेट दिएको थिएन ।

यो चलचित्रलाई मोरङको रँगेलीमा छायाँकन गरिएको हो । चलचित्र सेन्सर गर्ने क्रममा सेन्सरका सबै पदाधिकारीहरु प्रमाणपत्र दिन राजी भए पनि गृह मन्त्रालयबाट आएका सेन्सर बोर्ड सदस्य (प्रतिनिधि)ले आफुहरुलाई सेन्सर सर्टिफिकेट नदिएको यो चलचित्रका कार्यकारी निर्माता जितेन्द्र खतिवाडले बताएका छन् ।

निर्माता जितेन्द्र खतिवडाका अनुसार रँगेलीका बासिन्दाले भोलीका दिनमा चलचित्रमाथि आपत्ती जनाउँलान भनेर यो फिल्मलाई सेन्सर पास गर्न नमिल्ने अड्डी ती सेन्सर प्रतिनिधिले गरे । सोही कारण अन्य सेन्सरका अन्य पदाधिकारीले पनि आफ्नो चलचित्रको सेन्सर प्रमाणपत्र नदिएको यसका निर्माताले बताएका छन् ।

चलचित्र सेन्सर बोर्डका अर्का सदस्य ऋषीराज आचार्यले राजधानीसँग यसै बिषयमा भने,‘रँगेली नगरपालिकाका बासिन्दाले यस अघि पनि यो फिल्मको नामलाई लिएर आपत्ती जनाएको भन्ने जानकारी आएपछि हामीले निर्माण पक्षलाई रँगेली नगरपालिकासँग सम्झौताको अनुमति लिएर आउनु भनेका हौं । उहाँहरुले नगरपालिकासँग नामको लागि सम्झौताको अनुमति ल्याएपछि हामीले सेन्सरको प्रमाणपत्र रोक्ने कुरै भएन ।

यस अघि पनि चलचित्र भगवत गीतालाई नाम परिवर्तन नगरी चलचित्र विकाश बोर्डले सेन्सर अनुमति दिएको थिएन । यस्तै दिपेन्द्र लामा निर्देशित चलचित्र नाँगो गाउँलाई पनि सेन्सर बोर्डले निकै दुःख दिएको थियो । यतिबेला यस्तै नियती चलचित्र रँगेलीले भोग्नु परेको छ ।

चलचित्र रँगेली नामलाई आपत्ती जनाउँदै सेन्सर बोर्डले शुक्रबार यो चलचित्रलाई सेन्सर पासको सर्टिफिकेट नदिएपछि अहिले सेन्सर बोर्डको विरोध जताततै भईरहेको छ । कुनै पनि चलचित्रले शुरुमै चलचित्रमा प्रस्तु्त भएको कथा, पात्र र स्थानसबै काल्पनिक भएकाले कसैसँग मिल्न गएमो त्यो सँयोग हुनेछ भन्ने सूचना राखेपछि सेन्सर बोर्डले नाम तथा कलामाथि आपत्ती जनाउनु नहुने कथन चलचित्रकर्मीहरुको छ । चलचित्र रँगेलीका निर्माता जितेन्द्र खतिवडाले पनि आफुहरुको चलचित्रको कथा काल्पनिक भएको बताएका छन् । चलचित्रको कथा, पात्र र स्थान काल्पनिक भएको सूचना सुरुमै हाल्दा पनि सेन्सरले आपत्ती जनाएको बताएका छन् ।

आफ्नो सिनेमाको नाममा रँगेली नगरपालिका सकरात्मक रहेको पनि यी निर्माताले बताएका छन् । यस अघि रँगेली ग्याङस्टार नाम राखिएको यो चलचित्रको नामबाट रँगेली नगरपालिकाको सुझाब अनुसार नै ग्याङस्टार हटाएर रँगेली मात्र राखिएको पनि खतिवडाले बताएका छन् । यो चलचित्रमा दयाहाङ राई, मिरुना मगर, अर्पण थापा, प्रविण खतिवडालगायतको मुख्य भूमिका छ ।

तपाइको प्रतिक्रिया
(Visited 43 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

यस्तो छ, २०८१ सालको वर्षफल

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
माझी महिला बनिन् वडाअध्यक्ष