काठमाडौं । गायिका निता आचार्यले आफ्नो नयाँ गीत ‘चुपचाप…’ को भिडियो सार्वजनिक गरेकी छिन् । यो गीतलाई विश्व साइकल यात्री पुस्कर शाहले रचना गरेका हुन् । जसमा शंकर थापा ‘स्माइल’को संगीत, विश्व अधिकारीको संगीत संयोजन र कुमार केसीको मिक्सिङ–माष्टरिङ रहेको छ ।
यो गीतको भिडियो निता आचार्यको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ । किरण श्रेष्ठले निर्देशन गरेको यो गीतको भिडियोमा अभिनेत्री शर्मिला मल्ल र पुस्कर शाहले अभिनय गरेका छन् ।
प्रताप सिंहको छायांकन रहेको भिडियोमा दुई पात्रको प्रेम सम्बन्धको कथा प्रस्तुत गरिएको छ । गीतसँगै यसको भिडियोलाई पनि यतिबेला दर्शकले मन पराएको गायिका आचार्यले बताएकी छिन् । अमेरिकामा बस्दै आएकी आचार्यले आफ्नो स्वरमा थुप्रै गीत ल्याएकी छिन् ।
तपाइको प्रतिक्रिया
(Visited 137 times, 1 visits today)