किन लाग्छ मधानी मेलामा लाखौंको भिड ?

रौतहटको प्रसिद्ध नगरी मौलापुर–५, पतौरामा अवस्थित प्राचिन शिव मन्दिर नेपालको एक विशेष महत्वपूर्ण ऐतिहासिक, धार्मिक एवं साँस्कृतिक धरोहर हो । यस सम्पदालाई पतौरा पुरातात्विक महादेव मन्दिर र अद्भुतनाथ मन्दिरको नामले समेत चिन्ने गरिन्छ । आजभन्दा करिव एक दशक अगाडि एउटा अपरिचित साधुले यस क्षेत्रमा भगवान भोलेनाथको मन्दिर रहेको भविष्यवाणी गरेर गएको केहि दिन (समय) पछि एक जना स्थानीय जमिरी साहको सपनामा स्वंय भगवान शिव आएर, “तिम्रो खेतबारीमा मन्दिर रहेको कुरा बताएपछि उनले नै पहिलो पटक त्यहाँ गएर खन्दा सुरुमा एउटा ढुङ्गा फेला परेको थियो । थप खन्दै जादा मन्दिरको टुप्पो (माथिल्लो भाग) देखा परेपछि जिल्लाका तत्तकालिन प्र.जि.अ.ले उत्खनन रोकिदिएका थिए । त्यस लगतै यस क्षेत्रका सांसद मा.प्रभु साहले पुरातत्व विभागलाई जानकारी गराएपछि पुनः उत्खनन कार्य प्रारम्भ भएको थियो । यस घटनापूर्व स्वंय स्थानीयबासिहरु समेत यस मन्दिर ’bout विल्कुल अन्जान थिए तर शिखरा शैलीमा निमार्ण गरिएको यस सम्पदाको ईतिहास मन्दिर परिसरको प्रारम्भीक उत्खनन रिपोर्टकै आधारमा भन्ने हो भने पनि हजारौ बर्ष पुरानो रहेको पाइन्छ ।

सुरुवाति उत्खननको समयमा नै मन्दिर सेनकालिन रहेको तथ्यहरु बाहिर आउन थाल्यो तर उत्खनन्कार्यमा नै बाधा–अवरोध हुनेगरी मन्दिर परिसरमाथि मालि (फुलको कारोबार गर्ने एउटा जात) को टोल रहेकोले पुनः केहि समय उत्खनन कार्य रोकिएको थियो । पछि मालि टोललाई त्यहाँबाट अन्यत्र सारेर वरिष्ठ पुरातत्वविद् तारानन्द मिश्र नेतृत्वको टोली र पुरातत्व विभागले थप उत्खनन् गर्दा कयौं रहस्यमयी तथ्यहरु बाहिर आउन थाल्यो । जसले मन्दिरको पुनःनिर्माण कार्य गुप्तकाल (५–६औं शताब्दी), कर्नाटकाल (११ – १२औं शताब्दी), सेनाकाल (१५ – १६औं शताब्दी) र पछिल्लो पटक हाल आएर आधुनिककाल (२१औं शताब्दी) मा भएको तथ्य बाहिर आयो । यसबाट यो मन्दिर केहि समय वा शताब्दी पछि लोप हुने र हरेक पाँच–पाँच सय वर्षका अन्तरालमा पुनःप्रकट भई पुनर्निर्माण हुने एउटा अदभुत श्रृंखला रहेको तथ्यलाई समेत उजागर गर्न बल पुगेको पाईन्छ । ’cause, यो मन्दिर विभिन्न कालखण्डमा प्रकट भई पुनर्निमार्ण हुने र केहि समय पश्चात धर्ति भित्र समाहित (लोप) हुने अर्थात यो मन्दिर प्रकट, पूनर्निमार्ण र लोपको अविरल श्रंखला पार गर्दै आएको देखिन्छ ।

ईतिहासको कयौं कालखण्डको साक्षीको रुपमा रहेको यस मन्दिरमा मुख्यतः दुई (२) प्रकारको इट्टाः (क) २६×१९×५ सेन्टिमिटर, २६×१९×६ सेन्टिमिटर र (ख) २४×१८×५ सेन्टिमिटर, २४×१९×५ सेन्टिमिटर, ०×१७×५ सेन्टिमिटिर आकारको इट्टा पाइएको छ । (पतौरा शिव मन्दिर परिसरको उत्खनन्र रिपोट, पेज २१) मन्दिर उत्खनन्कै क्रममा बेलायतका दर्हुम विश्वविद्यालयका विज्ञ अध्ययन टोलीले अत्याधुनिक एक्स–रे मेसिनको सहायताले थप खोज अन्वेसन गर्दा मन्दिर संगै भगनावाशेष दरबार (ठुल्लो महल) सहित अन्य विभिन्न पुरातात्विक अवशेषहरु समेत फेला पर्न गयो । पछिल्लो समय भेटीएको दुङ्गा लगायतका अन्य अबशेषहरु गौतम बुद्घको जन्मस्थली कपिलवस्तुको तिलौँराकोटमा भेटिएको पुरातात्विक अवशेषसंग मिल्न पुगेकोले यी दुबै सम्पदा समकालिन रहेको तथ्य बाहिर आउन थालेको पाइन्छ । यद्मपी, यहाँ थप उत्खननको क्रम जारी नै छ । पूर्व दिशातिर फर्काएर शिखर र सप्तरथ शैलीमा निर्माण गरिएको यस मन्दिरमा अगाडिबाट एक ढोका, गर्भगृह र जोडिएको मुख मण्डप रहेको छ । यस मन्दिर नजिकै एउटा सुन्दर सरोवर (पोखरी) संगसंगै जोडिएको मुख मण्डप रहेको छ । यस मन्दिर नजिकै एउटा सुन्दर सरोवर (पोखरी) संगसंगै पिपलको वृक्ष समेत रहेको छ ।

यस मन्दिर र मौलापुर बीच एउटा अभिन्न सम्बन्ध रहेको पाइन्छ । मनसरा शिल्पशास्त्र अनुसार “मौला” शब्दले भागवान शिवको जट्टा र “पुर” शब्दले “शहर” लाई जनाउने भएकोले नै यस मन्दिरको लोकप्रियता एवम् प्रभावको कारणले गर्दा सम्भवतः यस नगरको नाम परापुर्वकालदेखि नै शिव भूमिका रुपमा “मौलापुर” रहन गएको कुरा सहजै अनुमान गर्न सकिन्छ । यो मन्दिर प्रकट भएदेखि नै यस क्षेत्रमा विभिन्न चमत्कारिक प्रभावहरु देखा पर्न थालेको स्थानीबासिहरुको बुझाई रहेको पाइन्छ । मन्दिर उत्पन्न भएपछि भगवान महादेवको अनुपम अनुकम्पाले यस क्षेत्रको आर्थिक र राजनितिक प्रभाव एवं हैसियत संगसंगै सामाजिक मान–सम्मान र प्रतिष्ठानमा समेत उल्लेख्य बढोत्तरी भई एउटा सुन्दर, सुबल एवं समृद्ध (सम्पन्न) सहरको रुपमा विकसित हुदै गएका आम जनविश्वास रहेको पाईन्छ । यस ऐतिहासिक पवित्र पावन भूमिसंग धर्म–संस्कृति, शासन–प्रशासन र सहर गरी तीन महत्वपूर्ण पक्ष जोडिएको पाइन्छ । जुन कुरा अतित (इतिहास), वर्तमान र भविष्यका लागि समेत आफैंमामा एउटा गौरवपूर्ण विषय हो । आज पनि यस क्षेत्रमा भगवान शिव–पावर्तीको वैवाहिक उत्सव समारोहको रुपमा लोक परम्पारिक एवं मौलिक शैलीमा गरिने विशेष अनुष्ठान मधानी यस क्षेत्रको एउटा प्रमुख विशेषता एवं आकर्षण हो । मन्त्रोच्चारण बिना नै यो अनुष्ठान गरिने भएकाले यसलाई वैदिककालपूर्वको यज्ञको रुपमा समेत लिने गरिन्छ । यसमा मुलतः आदिवासी थारूको नेतृत्वमा रहेको कमरथुवा (बोलबम) समुहद्वारा विशेष अनुष्ठान गरिन्छ । जहाँ भगवान शिवको बरात (जन्ती) सहित जल, जमीन र बसहाको पूजनबाट यज्ञको शुभारम्भ हुन्छ । यो यज्ञ गर्ने व्यक्तिले दान पून्य अनिवार्य गर्नुपर्छ । यसको महत्व, प्रभाव र प्रसिद्धि पछिल्लो समय देश दुनियाभर बढ्दो क्रममा रहेको छ ।

मौलपुर नगरपालिकाले यस पुरातात्विक महत्वको सम्पदालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रचार प्रसार गर्न तथा भ्रमण वर्षलाई समेत टेवा पुग्ने गरी मधानी महायज्ञ–२०७६ को भव्य आयोजना गरेको थियो । जसमा हाम्रो देशको तत्कालीन सम्मानीय राष्ट्रपति श्रीमती विधादेवी भण्डारी, मधेश प्रदेशका प्रदेश प्रमुख र मूख्यमन्त्री, सघं तथा प्रदेशका मन्त्री र सांसदहरु लगायतका विशिष्ट व्यक्तित्वहरुको सहभागिता रहेको थियो भने पशुपतिनाथको मूल पुजारी गणेश भट्टद्वारा पूजापाठ गरिएको थियो । त्यसैगरी, नेपाल भारतका सुप्रसिद्घ ससुपरस्टारहरु निखिल उप्रेती, दिनेशलाल यादव (निहुवा), अम्रपाली दुवे, केकी अधिकारी, ईन्दु सोनाली लगायतका दर्जनौँ चर्चित एवं लोकप्रिय कलाकारहरुको साँस्कृतिक समारोहमा लाखौँलाख जनमानसको अपार एवं उत्साहजनक उपस्थीती समेत रहेको थियो ।

त्यसयता प्रत्येक वर्ष महाशिवरात्रीको विशेष अवसर तथा यस पुरातात्विक मन्दीरलाई विश्व सम्पदा सूचीमा सूचिकृत गराउने लक्ष्य एवं संकलपका साथ आयोजित मधानी महायज्ञ एवं महोत्सवहरुमा पनि नेपालको विभिन्न राजकीय नेतृत्व सहित नेपाल भारतका चर्चित सिने सुपरस्टारहरु राजेश हमाल, खेशारीलाल यादव, रानी चटर्जी, चिन्टु पाण्डे, अक्षरा सिंह, सरोज खनाल, दिपाश्री निरौला, पवन सिंह, काजल राघवानी लगायतका सयौं कलाकारहरु र दर्जनौँ राजनेताहरुको सहभागिता रहदै आएको पाईन्छ । त्यसैगरी, यस क्षेत्रको पुरानो खेल कुस्तीलाई संरक्षण एवं प्रबर्द्धन गर्न प्रत्येक वर्ष नेपाल–भारतका चर्चित कुस्ती खेलाडीहरू देवा थापा, शंकर थापा सहित भारत दिल्ली लगायतका सहरबाट आएका प्रसिद्ध महिला र पुरुष दुवै समुहद्वारा अन्तर्राष्ट्रिय दंगल प्रतियोगिताको समेत आयोजना हुने गरेको पाईन्छ । त्यस्तै, बलिहुडका महान हस्ती कलाकारहरु कुमार सानु, राजपाल यादव, कैलाश खेर, भजन सम्राट अनुप जलोटा, मुकेश खन्ना लगायतका दर्जनौं व्यक्तित्वहरुले यस मन्दिरप्रति व्यक्त गरेको श्रद्घाभाव सहितको धारणा तथा मन्दिरको नामसँग जोडिएको दर्जनौँ गीतसँगीतले गर्दा यस सम्पदाको महत्व, प्रभाव एवं प्रसिद्धि दिनानुदिन देश दुनियाभरमा फैलिदै गएको पाइन्छ ।

मधानी महायज्ञको पाँचौं संस्करणको रुपमा यस वर्ष मधानी महोत्सव – २०८० को आयोजन हुनगैरहेको छ । यस वर्ष फाल्गुन २२ गतेदेखि सुरु भएको महोत्सव फाल्गुन २७ गतेसम्म चल्ने छ । जसमा २२ गते फतेपुरको प्रसिद्ध नाच, २३ गते भगवान शिवको बरात यात्रा र भारतीय समुहको शिव लिला, २४ गते शिव लिला सहित भारत बैधनाथधामका मुल पुजारीद्वारा पुजा तथा मधानी विशेष यज्ञ, २५ गते मधानी साँस्कृतिक समारोह, २६ गते विश्व प्रसिद्ध भारतकी दंगल खेलाडी बबीता पोगाड सहितको अन्तर्राष्ट्रिय दंगल प्रतियोगिता र २७ गते समापन तथा विदाई समारोहको आयोजन हुने छ । यस वर्षको साँस्कृतिक विशेष समारोहमा मित्र राष्ट्र भारतबाट बलिहुड सिनेस्टार गोबिन्दा अहुजा, भोजपुरी अभिनेत्रि निलम गिरी, संगीतकार विनय बिहारी, रमाकान्त प्रसाद सँगसँगैं नेपालका चर्चित सिनेस्टार पल शाह, दिनेश डिसि, कमल राई, प्रेम परियार, लगायतका पाँच दर्जनभन्दा बढी लोकप्रिय कलाकारहरुको बेजोड़ प्रस्तुति रहनेछ । यस वर्ष पनि मधानी महोत्सवमा लाखौं – लाखको जनसागर मौलापुरको मधानी महोत्सवमा आउने निश्चित छ । धेरैले यस महामेलालाई १२ वर्षमा लाग्ने भारतको कुम्भ मेलासंग समेत तुलना गर्न थालेका छन् ।

यस मन्दिरमा जल, जौ, बेलपत्र, फुल र अक्षताले हरेक दिन विहान पुजारीद्धारा पुजा – अर्चनाको शुभारम्भ गरिन्छ भने भगवान शिवको प्रसन्नताको लागि भक्तजनहरुले दान पुण्य लगायत अन्य व्यक्तिगत एवं परिवरिक यज्ञ–अनुष्ठान समेत गर्ने गर्दछन् । त्यसैगरी शिव–पार्वतीको विवाह उत्सवको रुपमा हरेक वर्ष मधानी महायज्ञ विशेष समारोहलाई महोत्सवको रुपमा मनाउदै आएको पाईन्छ । यहाँ साधना, सत्संग, भजन–किर्तन तथा सन्ध्याकालिन आरती गरिनुको साथै शिवको विशेष अनुकम्पा एवं आशिर्वाद प्राप्त हुने अभिलाषाका साथ मन्दिर परिसरमा वैवाहिक सहित अन्य विशेष शुभकार्यहरुको समेत आयोजन हुने गरेको पाइन्छ । यस मन्दिरमा श्रद्घा भावका साथ पुजा अर्चना गर्ने गराउने हर नर–नारीको सम्पूर्ण मनोकांक्षा पूर्ण हुने आम जनविश्वास बढ्दै गएको पाइन्छ ।

तपाइको प्रतिक्रिया
(Visited 73 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सुदूरपश्चिममा एकीकृत समाजवादीलाई मुख्यमन्त्री !

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
सशस्त्र प्रहरीलाई आईजीपी अर्यालको निर्देशन