हत्या आरोपमा एक जना पक्राउ

संखुवासभा प्रहरीले हत्या आरोपमा एक जना पक्राउ गरेको छ । सिलिचोङ गाउँपालिका घरभई हाल खाँदबारी नगरपालिका –७ स्थित आर्मी क्याम्प नजिकै डेरा गरी बस्ने २६ बर्षीया विना राई हत्या आरोपमा एक जना पक्राउ परेका छन् । हत्यामा संम्लग्न भएको आरोपमा खाँदबारी–११ हरेलोका ३१ बर्षीय मङ्शिरे शेर्पालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरिक्षक अशोक जगेबुले जानकारी दिए ।

प्रहरी निरिक्षक जगेबुका अनुसार शेर्पा खाँदबारी नगरपालिका –७ स्थित आर्मी क्याम्प नजिकै विना सँग लिभिङ टुगेदरमा बस्दै आएका थिए । शेर्पाले मादक पदार्थ सेवन गरी कुटपिट गरेर हत्या गरेको प्रहरी निरिक्षक जगेबुले बताए । आज जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरेर हत्यामा संम्लग्न शेर्पालाई सार्वजनिक गरेको हो ।

गत फागुन १८ गते राति विनाको हत्या गरेर फरार भएका शेर्पालाई प्रहरीले २४ गते राति खाँदबारी–७ स्थित वेलफर डाँडा बाट पक्राउ गरेको हो । आरोपित शेर्पा र विना केही महिना यतादेखि लिभिङ टुगेदरमा बस्दै आएका थिए । घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । शेर्पा केही बर्ष यता सवारी चालक पेशामा आवद्ध थिए ।

तपाइको प्रतिक्रिया
(Visited 48 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सुदूरपश्चिममा एकीकृत समाजवादीलाई मुख्यमन्त्री !

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
काठमाडौंमा अब बालेन यात्रा