सत्ता ढाल्ने र बनाउदै समय गयो : महासचिव बिप्लव

कालीकोट । नेपाल कम्युनिष्ट पार्टी (नेकपाका) महासचिव नेत्रविक्रम चन्द्र बिप्लवले नेपालको बिकास सत्ता बनाउने र भत्काउनैमै गएको बताएका छन । कर्णालीमा स्याउ खेती बिस्तार गर्न जुम्ला हुदै कालिकोट पुगेका विप्लवले यस्तो बताएका हुन ।

नेपालको पछिल्लो १५ वर्ष सत्ता बनाउने र भत्काउनेमै समय बेथित हुदा देश पछाढी धकेलिएको बताएका हुन् ।

अवको केही वर्ष भित्र आफ्नो पार्टीलाई चन्दामुक्त पार्टी बनाउने बताएका छन् । सामुयीक स्याउ खेती गर्न जुम्ला पुगेर कालिकोटको सदरमुकाम मान्ममा पत्रकार संगको भेटमा बिप्लवले बढीमा ३ वर्ष भित्र पार्टीलाई चन्दामुक्त बनाई उत्पादनमा आत्म निर्भर बनाउने उद्घोष गरेका हुन ।

पत्रकार भेटघाट कार्यक्रममा स्याउ खेती, समाजवादी मोर्चा, सरकारको समर्थन, पार्टी सँग भएको हात हतियार, पार्टी एकता, बम हान्ने, कालो मुसो दल्ने लगाएतका बिषयमा पत्रकारहरुले सोधेका दर्जन बढी प्रश्नमा विप्लवले जवाफ दिएका छन् ।

उनले भने यो अभियान हामिले सुरुवात गरेका छौँ, अन्य पार्टीलाई पनी उद्योग र उत्पादनसील कार्यमा लाग्न प्रेरणा मिल्न सक्छ । जुम्ला र कालीकोटको फोइमहादेमा दश हजार स्याउका विरुवा रोपेर कालिकोटको सदरमुकाम मान्ममा पुगेका बिप्लवले स्थानियको जमिनमा स्याउ रोपेको बताए ।

आफ्नो पार्टीलाई तराइ मधेशमा धान, पहाडमा सुन्तला, हिमालमा स्याउ र जडिबुटी रोपेर आत्मर्निभर बनाई जनताको लगानी जनतामा फिर्ता गर्ने प्रतिबद्धता ब्यक्त गरे । अव पार्टीले चन्दा मागेर खादैन, ३ वर्षभित्र उत्पादनबाटै अरुलाई दिने र खाने पार्टी बनाउ छौँ । जन्ताको खाएको अव तिछौँ ।

पत्रकार भेटघाट कायक्रममा बोल्दै उनले भने पार्टी सत्तामा हैन, कुर्सीमा हैन, कमीशन र घुस मागेर हैन, राज्यको ढुकुटी मासेर हैन, उत्पादन गरेर आफु खाने र गरिब जनतालाई खुआउने अठोटका साथ यो कार्यको थालनी गरेका हौं । नेपालको पछिल्लो राजनिती घटनाक्र्मका ’bout कटाक्ष गर्दै सत्ता ढाल्ने र सत्तामा जाने खेलमा नलाग्न आग्रह गदै नेपाल पछाडी धकेलिएको चिन्ता ब्यक्त गरे ।

उनका अनुसार सरकार बनाउने र ढलाउने खेलमा लागेका संसदवादी दलहरुले नै नेपाल विकासमा पछाडी पारेको आरोप सम्म लगाए । वर्तमान बनेको सरकाले केही आसा भने जोगाएको स्विकार गरे । वामपन्थि दलहरुको एकताको कुरा चलिरहेकाले यही सरकारको पालामा केही काम गर्न सकिने उनको बिस्वास छ ।

तपाइको प्रतिक्रिया
(Visited 139 times, 1 visits today)

epaper

ताजा समाचार

इरानसँग तत्काल पुनः वार्ता सुरु हुने, हर्मुज जलमार्ग सम्झौताका लागि छलफल अन्तिम चरणमा