१४ वर्षपछि निर्वाचन, गजबको उत्साह

राजविराज । विगत १४ वर्ष देखि मनोनितको भरमा चल्दै आएको जिल्लाकै पुरानो मध्येका एक श्री लक्ष्मी बल्लभ नगरसिह माध्यमिक विद्यालयको व्यवस्थापन समितिको मंगलवार निर्वाचन भएको छ ।

२००६ सालमा स्थापित सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका ७ बभनगामाकट्टी स्थित उक्त विद्यालयको व्यवस्थापन समितिको निर्वाचन १४ वर्ष पछि भएको हो । यस अघि २०६६ सालमा व्यवस्थापन समितीका लागी पहिलो निर्वाचन भएको थियो । त्यस पछि विभिन्न खाले विवादका कारण निर्वाचन हुन न सकेपछि गाउपालिका कार्यालयले गरेको मनोनित कै भरमा व्यवस्थापन समिति चल्दै आएको थियो ।

यस विषयलाई लिएर वेलाबेलामा विवाद उत्पन्न हुन थालेपछि अभिभावक, स्थानीय बुद्धिजीवी र जनप्रतिनिधीको पहलमा यहाँ नयाँ व्यवस्थापन समितिका लागी दोश्रो पटक निर्वाचन गराइएको समाजसेवी प्रकाश कुमार मण्डलल बताए ।

निर्वाचन अधिकृत कृष्ण कुमार यादवका अनुसार कुल १ हजार ३ सय ३५ मतदाता रहेकोमा ७ सय ३७ मत खसेको छ । विद्यालय परिसरमा तोकिएको मतदान केन्द्रमा विहान ९ः१५ देखि अपरान्ह ४ः१५ बजे सम्म मतदान भएको थियो । ३ वर्षे कार्यकाल रहने व्यवस्थापन समितिको २ महिला र २ पूरुष गरी ४ सदस्य पदका लागी निर्वाचन भएको छ । चार पदका लागी ९ महिला सहित १६ जना उम्मेदवार चुनावी मैदानमा छन् । जितेको ४ जना मध्ये बाटै १ जना अध्यक्षको चयन गरिने जनाएको छ ।

निर्वाचन अधिकृत यादवले निर्वाचन भईसकेपछि आवश्यक प्रक्रिया पुरा गरी सम्भवत मंगलवार राती देखि नै मतगणना सुरु गर्ने तयारी रहेको जनाएका छन् ।

निश्पक्ष स्वतन्त्र मतदानका साथै सुरक्षित वातावरणमा मतगणनाका लागी आवश्यक सुरक्षाकर्मी खटाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी ढुण्डिराज नेउपानेले बताए ।

यता १४ वर्षको लामो अन्तराल पछि भएको विद्यालय व्यवस्थापन समितिको निर्वाचनमा स्थानीय अभिभावक उत्साहि भएर सहभागी भए ।

उम्मेदवार बनेकाहरुले लाम लागेका मतदाताहरु संग हात जोडेर मत मागि रहदा मतदाता रहेका र न रहेका अभिभावकहरु समेत आपूmले रुचाएको उम्मेदवारका लागी भोट मागिरहेको देखिन्थे ।

मतदाता र उम्मेदवार मात्र होइन । गाउँका यूवा, विभिन्न दलका नेता÷कार्यकर्ताहरु पनि निर्वाचन स्थलमा झुम्मिएका देखिन्थे । १४ वर्ष पछि भएको निर्वाचनमा निकै उत्साह देखिएको स्थानीयहरुले बताएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 99 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

यस्तो छ, २०८१ सालको वर्षफल

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
गठबन्धनबाट अध्यक्षका उम्मेद्वार विरुद्ध वेरुजु रहेको उजुरी