रौतहट । रौतहटमा ३ हजार भन्दा बढी यौनिक तथा लैंगिक अल्पसंख्यक रहेको एक कार्यक्रममा जानकारी दिइएको छ । हिजो बिहीबार रौतहटको चन्द्रनिगाहपुरमा आयोजित यौनिक तथा लैंगिक अल्पसंख्यकहरुको अधिकारको लागि सरोकारवालाहरु संगको छलफल कार्यक्रममा सो कुरा जानकारी दिइएको हो ।
निल हिरा समाजको आयोजनामा सेभ द चिल्डे«नको आर्थिक सहयोगमा र सप्तरंगी नेपालको समन्वयमा एक दिने अन्तरक्रिया कार्यक्रममा यौनिक तथा लैंगिक अल्पसंख्कहरुको हक र अधिकारको लागी काम गदै आएको सप्तरंगी नेपाल चन्द्रनिगाहपुरकी कार्यक्रम संयोजक जिना रानाले रौतहटमा ३ हजार भन्दा बढी यौनिक तथा लैंगिक अल्पसंख्कहरु रहेको दाबी गरेका छन् ।
कार्यक्रम संयोजक रानाले चन्द्रपुर नगरपालिकामा मात्रै ६ सय भन्दा बढी सो समुदायको मानिसहरु रहेको जानकारी दिए ।
उक्त कार्यक्रममा १६ वटा नगरपालिका र २ वटा गाउपालिकाका शिक्षा शाखाका प्रतिनिधि,स्वास्थ्य शाखाका प्रतिनिधि र महिला तथा बालबालिका शाखाका प्रतिनिधि बिच रौतहटमा यौनिक तथा लैंगिक अल्पसंख्कहरुको अबस्था र समस्या’bout छलफल भएको थियो ।
कार्यक्रममा निल हिरा समाजका कार्यक्रम निर्देशक संजय शर्माले रौतहटमा यौनिक तथा लैंगिक अल्पसंख्कहरुको समस्या र त्यसको समाधान’bout २ वटा कार्यपत्र प्रस्तुत गरेका थिए ।
यौनिक तथा लैंगिक अल्पसंख्कहरुले दैबिक प्रकोपको बेला भोग्नु परेको समस्याहरु,समाज लैगिंक मैत्री नभएका कारण भोग्नु परेका समस्या, नागरिकता सम्बन्धी समस्या,शिक्षा,स्वास्थ्य तथा रोजगारको समस्याको ’boutमा पनि कार्यक्रम निर्देशक शर्माले प्रकाश पारेका थिए ।
उहाले आगामी बजेटमा यौनिक तथा लैंगिक अल्पसंख्कहरुको अधिकारको लागी समेटन पनि सम्बन्धीत सरोकारवालाहरुलाइ आग्रह गरेका छन् । यसैगरी चन्द्रपुर नगरपालिकाको महिला तथा बालबालिका शाखा प्रमुख चन्द्रकला बरालले यौनिक तथा लैंगिक अल्पसंख्कहरुको अधिकारको लागी चन्द्रपुर नगरपालिका गदै आएको गतिबिधि र समस्या र त्यसको समाधान ’bout कार्यपत्र पेश गरेका थिए ।
कार्यक्रमका चन्द्रपुर नगरपालिकाकी उप प्रमुख जयमाला चौधरीले यौनिक तथा लैंगिक अल्पसंख्कहरुको अधिकारको रक्षाको लागी बिगतका बर्षहरु जस्तै यस बर्ष पनि १ लाख रुपैया कार्यक्रम गर्न सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । यसैगरी गुजरा नगरपालिकाकी उप प्रमुख रत्ना लामाले पनि आवश्यक परेको बेला सहयोग गर्न तत्पर रहेको सो कार्यक्रममा बताएका छन् ।
त्यस्तै इलाका प्रशासन कार्यालय चन्द्रनिगाहपुरका उपसचिब नेत्र प्रसाद शर्माले यौनिक तथा लैंगिक अल्पसंख्कहरुको अधिकारको लागी आफुले सक्दो सहयोग गदै आएको र आउदा दिनहरुमा पनि सहयोग गर्ने बताए । यसैगरी नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य शिव पुरीले आफनो अधिकारको लागी लडदै आएको यौनिक तथा लैंगिक अल्पसंख्कहरु समुदायको थप अधिकारको लागी सहयोग गर्न सधै तत्पर रहेको बताए ।
यस्तै जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायब निरिक्षक राजिब बिश्वकर्माले आफनो ठाउँबाट यौनिक तथा लैंगिक अल्पसंख्कहरुको अधिकारको लागी सहयोग गर्ने बताए । सप्तरंगी समाज नेपाल चन्द्रनिगाहपुरका अध्यक्ष महेन्द्र चौधरीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको औचित्य’bout सप्तरंगी नेपालकी कार्यक्रम संयोजक जिना रानाले प्रकाश पारेका थिए । रौतहटको १८ वटै पालिकाका प्रतिनिधिहरुको सहभागिता सम्पन्न भएको कार्यक्रमको संचालन सप्तरंगी नेपालका सचिन लोले संचालन गरेका थिए ।






