बिराटनगरमा स्टाफ नर्सको हत्या, शव शौचालयमा भेटियो

सुन्दरहरैचा । मोरङको बिराटनगरमा स्टाफ नर्सको हत्या भएको छ। विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा कार्यरत स्टाफ नर्स २२ वर्षीया चन्द्रिकाकुमारी दासको शौचालयमा शव फेला परेको हो ।

धारिलो हतियार प्रहार गरेर हत्या गरेपछि शौचालयमा फालेको अवस्थामा शव भेटिएको मोरङका एसपी नवराज कार्कीले जानकारी दिए। डेरा बसेको घरको कोठाभित्रको शौचालयमा शव भेटिएको एसपी नवराज कार्कीले बताए। शव शौचालय भित्र रहेको र अहिले घटनास्थालमा डीएपी सहितको टोली पुगिसकेको बताए।

सिराहाको फुल्काहकट्टी घर भएकी दास अस्पताल नजिक बुढाथोकी मार्गस्थित धीरेन्द्र गिरीको घरमा डेरा बस्दै आएकी थिइन् । दासको घाँटी, अनुहारलगायत शरीरका विभिन्न भागमा धारिलो हतियारले हानेको गहिरो चोट रहेको मोरङ प्रहरीले जनाएको छ।

तपाइको प्रतिक्रिया
(Visited 269 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

यस्तो छ, २०८१ सालको वर्षफल

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
कालीकोटका नौवटै पालिकामा विप्लव नेतृत्व नेकपाले दियाे उम्मेदवारी