अग्रणी महिला समाजसेवी जोशीको पुस्तक सार्वजनिक

काठमाडौं । दयाविरसिंह कंसाकार, तुलसी मेहर, कृष्णचन्द्र सिंह प्रधानलगायतसँगसँगै समाजसेवा र साहित्यमा लागि परेकी अग्रणी महिला समाजसेवी रामवदन जोशीसम्वन्धी पुस्तक सार्वजनिक भएको छ ।

वरिष्ठ समाजसेवी तथा शिक्षाविद रामवदन जोशीको व्यक्तित्वका विषयमा विविध क्षेत्रका विज्ञहरुले लेखेको प्रेरणादायी लेखहरुको संगालोको रुपमा पुस्तक प्रकाशन गरिएको हो ।

नेपाल जेष्ठ जन समाजले रामवदन जोशीका स्काउट, शिक्षा, समाजसेवा, साहित्यसम्वन्धी गाथाहरुलाई समावेश गरेर पुस्तक प्रकाशन गरेको हो ।

रामवदन जोशी व्यक्ति एकः व्यक्तित्व अनेक शीर्षकमा विभिन्न प्रवुद्ध व्यक्तिहरुद्वारा जोशीका विविध आयामलाई समेटेर पुस्तकको स्वरुप दिएको हो ।

आदर्श माध्यमिक विद्यालयमा फागुन २५ गते शनिबार दिउँसो मिठो घमाइलो थियो । घनबहालको विद्यालयको हलमा पुस्तक खाजा कार्यक्रमको उत्सुकतासाथ प्रतिक्षा गरिरहेका थियौँ ।

नेपालमा सहज माध्यमबाट शिशु शिक्षा प्रदान गर्ने पहिलो नेपालीको रुपमा परिचित रामवदन जोशी नेपाल स्काउटको पहिलो महिला आयुक्तसमेत हुन् ।

महिला शिक्षाका लागि ६ दशकसम्म सशक्त रुपमा लागिपरेका ८० वर्षीय रामवदन जोशी बाल साहित्यकार पनि हुन् ।

सो पुस्तकमा ३३ जना महिलासहित ७० जना विशिष्ट व्यक्तिहरुले जोशीका विविध आयाममा लेख लेखेका छन् ।

पुस्तकमा चट्याङ्ग मास्टर, बुद्धिनारायण श्रेष्ठ, भद्रा घले, भरत जंगम, मञ्जु प्रसाइँ, रामगोपल कर्माचार्य, डा.रोहित सैंजू, व्याकुल माइला, श्रीराम लामिछाने, सुकन्या वाइबा,प्राडा सुन्दरकृष्ण जोशी, प्राडा हृदयरत्न बज्राचार्य, प्राडा हरिन्दर थपलियालगायतका व्यक्तिहरुले रामवदन जोशीका ’boutमा चर्चा गरेका छन् ।

जोशीले आफ्नो जीवनकालमा एक प्रतिबद्ध समाज सुधारक र बालबालिका तथा महिला शिक्षाका लागि वकालत गरेकी थिइन्।

तपाइको प्रतिक्रिया
(Visited 185 times, 1 visits today)

epaper

ताजा समाचार

मौलिक देउसी–भैलोमा ‘पुन समाज पोखरा’ च्याम्पियन