महरालाई कारवाही गर्न गृहमन्त्रीको निर्देशन

काठमाडौं । सुन तस्करी छानविन आयोगको प्रतिवेदनले दोषी ठहर गरेका माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरासहित अन्यलाई कारबाही गर्न गृहमन्त्री रवि लामिछानेले प्रहरी नेतृत्वलाई निर्देशन दिएका छन् ।

गृहमन्त्री लामिछानेले आज प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर र सिआईबीका प्रहरी अतिरिक्त महानिरिक्षक श्यामलाल ज्ञवालीलाई मन्त्रालयमा बोलाएर महरालाई कारबाही गर्न निर्देशन दिएका हुन् । जाँचबुझ आयोगको प्रतिवेदन अनुसार गृहमन्त्रीले कार्वाही गर्न निर्देशन दिएका हुन् ।

यसैवीच आयोगको प्रतिवेदन प्रहरीले बुझेको छ । प्रतिवेदन बुझेको सिआइवी प्रमुख ज्ञवालीले जानकारी दिएको छ । त्यसैगरी गृहमन्त्री लामिछानेले बाँसवारी छाला तथा जुत्ता कारखानाको जग्गा फिर्ता ल्याउने प्रकृया सुरु गर्न पनि निर्देशन दिएका छन् । त्यस क्रममा बाँसवारी छाला तथा जुत्ता कारखाना प्रकरणमा संलग्न उद्योगपति विनोद चौधरीको पनि सिआइवीले बयान लिने भएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 273 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

युरोपेली संघले पनि अमेरिकालाई कर लगाउने

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
तामझामसहित मनोनयन