बृहत् रक्तदान तथा निःशुल्क दन्त शिविर

काठमाडौं । ललितपुर महानगरपालिका कोपुन्डोल–१० मा अवस्थित देश निर्माण युवा समाज नेपाल र फुटबल टिम फ्रेन्ड्स क्लबको संयुक्त आयोजना तथा स्वर्गीय नरसिंह व्यञ्जनकारको स्मृतिमा तेस्रो बृहत् रक्तदान तथा निःशुल्क दन्त शिविर आयोजना गरिएको छ ।

संस्थाका सल्लाहकार गोकुल थापाको सभापतित्वमा सुरु भएको सो कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष खेमबहादुर बुढाथोकी ‘शिशिर’ले गरेका थिए भने प्रमुख अतिथिका रूपमा नेपाल रेडक्रस सोसाइटी ललितपुर जिल्ला शाखाका सभापति बाबुराजा महर्जन थिए ।

अतिथिमा फ्रेन्ड्स क्लब कोपुन्डोलका अध्यक्ष विश्वासविक्रम शाह, कोपुन्डोल टोलसुधार समितिकी अध्यक्ष मथुरा विष्ट, महिला वातावरण समूहकी उपाध्यक्ष एवं संस्थाका सल्लाहकार कमला विष्ट, स्नेही महिला समूहकी अध्यक्ष शारदा अमात्य, भनिमण्डल फुटबल क्लबका अध्यक्ष श्याम भण्डारी, चलचित्र निर्देशक एवं समाजसेवी कृष्णकुमार पाण्डे, ज्वागल महिला समूहकी अध्यक्ष सानुमैंया व्यञ्जनकार, फ्रेन्ड्स क्लब कोपुन्डोलका सचिव कुन्दन ढकाल, वडा स्वास्थ्यका प्रतिनिधि शान्ति व्यञ्जनकार र कोपुन्डोलका सहकर्मी हरि प्रसाईंलगायत रहेका थिए ।

कार्यक्रममा अतिथिको आसन ग्रहणलगत्तै स्वर्गीय नरसिंह व्यञ्जनकारको तस्बिरमा फूलमाया चढाइ धूप बत्ती बालेर १ मिनेट मौन धारणपश्चात् कार्यक्रम औपचारिक रूपमा सुरु गरिएको थियो । कार्यक्रममा स्वागत मन्तव्य अध्यक्ष खेमबहादुर बुढाथोकी ‘शिशिर’ले दिएका थिए भने प्रमुख अतिथिका रूपमा बोल्दै नेपाल रेडक्रस सोसाइटिका सभापति बाबुराजा महर्जनले कार्यक्रमको सफलताको शुभकामना दिँदै संस्थाद्वारा आयोजित विभिन्न जिल्लामा गरिने अन्य कार्यक्रममा पनि हातेमालो गरेर जान सकिने र रेडक्रसबाट हुनेसम्म र सम्भव भएसम्मको सक्दो सहयोग प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

सो रक्तदान तथा निःशुल्क दन्त शिविरमा सयौंको सहभागिता रहेको थियो भने रक्तदान गर्नेमा महिला ६ जना र पुरुष ५१ जना गरी जम्मा ५७ जना थिए । कार्यक्रम संस्थाका पूर्वसचिव एवं प्रवक्ता दिनेश शिल्पकारले सञ्चालन गरेका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 48 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
सुदूरपश्चिममा एकीकृत समाजवादी ७, काँग्रेस, एमाले र माओवादी १/१ जिल्लामा निल