जनगुनासो सम्बोधन भएन

सार्वजनिक निकायमा सेवाग्राहीको गुनासो सुन्ने व्यवस्था गरिन्छ । यो प्रजातान्त्रिक व्यवस्थाको एउटा महत्वपूर्ण विशेषता मानिदै आएको छ । नेपालमा पनि सूचना अधिकारीसम्म त तोकिएको छ । ती सूचना लिन र दिनका लागि मात्र सीमित देखिन्छन् । जनताका गुनासो सुन्ने र त्यसको कार्यान्वयन गर्ने विधिगत र संस्थागत निकाय नै भने देखिँदैन ।

एकपटक ‘हलो सरकार’को हल्लाखल्ला भयो पनि । केके न हुने हो झैं गरी सरकारी संयन्त्रबाट प्रचार र टीकाटिप्पणी पनि भए । तर पनि यसको कार्यान्वयनमा भने कुनै पनि प्रभावकारिता देखिएन । न त यो तलैसम्म विस्तार भएर गयो, न त यसमा परिमार्जन भएर नयाँ अरू निकाय नै बने । बरू यसैको चर्चा पनि सेलायो । यो जनताको गुनासो गर्ने ठाउँका रूपमा विकास हुनुपथ्र्यो ।

सार्वजनिक सेवामा छुट्टै अधिकृत, छुट्टै डेस्क र छुट्टै कार्यविधि तोकिनुपर्छ । यसका लागि स्पष्ट व्यवस्था हुनु जरुरी छ । तर, त्यो केही पनि भएको देखिँदैन । प्राप्त गुनासोउपर गुनासो सुन्ने अधिकृतले कुन कार्य प्रक्रियाद्वारा सो गुनासोको समाधान गर्ने भन्ने नै छैन । यस्तो व्यवस्था हुन नसकेकाले सेवाग्राहीले अपेक्षा गरेनुसारको सेवा कहाँबाट पाउनु ? सम्भव नै छैन ।

गुनासो गर्नका लागि गुनासो गर्नु त कसैका लागि राम्रो मानिदैन । र, यस्तो काम कसैका लागि पनि उचित छैन । गुनासो सम्बोधनका लागि हुनुपर्छ । यसका लागि सुनिश्चितता हुनु जरुरी छ । हामी अहिले वैज्ञानिक युगमा छौं । संसार सानो भएको छ । २१औं शताब्दीमा जनता शासितबाट उपभोक्ताका रूपमा देखापरिसकेका छन् । यस्ता उपभोक्तारूपी जनतालाई सेवा पु¥याउन सहज छैन ।

यसका लागि सोच, नीति, योजना तथा कार्यक्रम बनाइनुपर्छ । नेपालमा सुशासनका कुरा निकै गरिन्छ । तर, त्यसको कार्यान्वयन कसरी गर्ने कुनै पनि संयन्त्र छैनन् । यसले गर्दा पनि व्यवहारमा समस्या ल्याएको छ । सरकार समयानुकूल परिवर्तनउन्मुख सोचमा देखिँदैन । शासन र प्रशासनका ढर्रा पुरानै छन् । उच्च प्रशासनिक कौशलता र नैतिकता नरहँदासम्म यस्तो कुरा सम्भव पनि छैन ।

राज्यले दिने सेवामा सामाजिक न्याय पनि एक प्रमुख सेवा हो । यसले सामाजिक विविधताको सम्मान, व्यक्तिको स्वतन्त्रताको रक्षा, मौलिक तथा मानवअधिकारको प्रत्याभूति दिन सक्नुपर्छ । पिछडिएको वर्ग, क्षेत्र र अल्पसंख्यकको हकहितको संरक्षणजस्ता सामाजिक न्यायका विषय शासकीय व्यवस्थाले सम्बोधन गर्नुपर्छ ।
(केशर चौलागाईं, झापा)

तपाइको प्रतिक्रिया
(Visited 32 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

देउवा-नेपालको भेटले सत्ता समीकरणमा तरंग

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
धनुषाको मुसहरनियाको अध्यक्षमा जसपाका जयकुमार यादव निर्वाचित