भन्सारमा रहेको कथित पुरस्कारको व्यवस्था खारेज हुनुपर्ने प्रभु साहको माग

काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं सांसद प्रभु साहले भन्सार विद्येयक भन्सार उठाउनको लागि हो कि लुट्नको लागि हो ? भन्दै प्रतिनिधि सभा बैठकमा प्रश्न उठाएका छन् । प्रतिनिधि सभामा अर्थमन्त्री वर्षमान पुनले पेस गरेको भन्सार विधेयकमाथि मंगलबारको बैठकमा आफ्नो धारणा राख्दै सांसद साहले यस्तो प्रश्न उठाएका छन् ।

‘यो भन्सार विद्येयक भन्सार उठाउनको लागि हो कि लुट्नको लागि हो ? यदि भन्सार उठाउनको लागि नै हो भने भन्सारमा रहेको कथित पुरस्कारको व्यवस्था खारेजीको जरुरी छ’ सांसद साहले भने, ‘भन्सार उठाउनको लागि सरकारले कर्मचारीको व्यवस्था गरेको छ । सुरक्षा निकायलाई नै खटाएको छ । जसले तलब, सेवा सुविधा सबै पाएकै छ । त्यही कामको लागि खटाईएको छ, भंसार संकलनकै लागि खटाइएका कर्मचारीलाई त्यही काम गरेवापत केका लागि पुरस्कार ? पुरस्कारको व्यवस्था गरिनु गलत हो ।’

कुनै कर्मचारीले भन्सार छलेको सामाग्री पक्राउ गर्दा पुरस्कारको नाममा पैसा खाने काम गरेको उनको भनाई छ । उनले पुरस्कृत हुनेहरुको नाम सार्वजनिक किन गरिएन ? भन्दै प्रश्न गरे । पुरस्कृत हुने व्यक्तिको नामावली सार्वजनिक नगर्नू भनेको भ्रष्टाचार हो भन्ने उनले बताए । साचो रुपमा मनोबल बढाउँनका लागि पुरस्कृत गरिएको हो भने त्यस्तो व्यक्तिको नामावली सार्वजनिक गर्नुपर्ने उनले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 43 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सुदूरपश्चिममा एकीकृत समाजवादीलाई मुख्यमन्त्री !

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
दुई जिल्ला सदस्यसहित ७ जनालाई कारबाही