सुन्दरहरैचा । संखुवासभाको चैनपुर नगरपालिका-६ जिरो पईन्ट स्थित चैनपुर नुनढाकी भित्री सडक खण्डमा बसले किचेर सहचालक धनकुटा नगरपालिका-६ पात्लेखोला का ३० बर्षिय मनोज खड्का को मृत्यु भएको छ ।
मंगलबार बिहान साढे ७ बजे नुनढाकीबाट ईटहरीतर्फ जादै गर्दा को १ ख ३०७७ नम्बरको बसको ढोकाबाट झर्दा बसको पछाडीको टायरले किचेर सहचालक खड्का गम्भिर घाईते भएका थिए । उनलाई उपचारको लागी अस्पताल लैजाने क्रममा बाटैमा मृत्यु भएको इलाका प्रहरी कार्यालय चैनपुरले जनाएको छ।
बस र चालक धनकुटाको साँगुरीगढी गाऊपालिका-१ का ३३ बर्षिय कुमार उपाध्यायलाई इलाका प्रहरी कार्यालय चैनपुरले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको संखुवासभा प्रहरीले जनाएको छ ।
चोरीपैठारीको नाममा सिमावर्ती जनतालाई दुख दिने प्रताडित गर्ने काम हुनु आफूहरुलाई सह्य नहुने चेतावनी समेत उनले दिए । राज्यको कोष लुटने काम आफूहरुलाई मान्य नभएको बताउँदै उनले सुरक्षाको नाममा नामावली सार्वजनिक नगर्नु राम्रो नभएको साहको भनाई रहेको छ । सिमावर्ती जनता जसले सिमाको रक्षा गरिरहेका छन ति जनतालाई दुख दिने काम भईरहेकाले त्यसलाई आफूले स्वीकार नगर्ने उनले बताए । व्यक्ति मोटाउँने, सरकार दुब्लाउँने र जनता दुब्लाउँने कार्य बन्द गरिनुपर्ने उनले माग समेत गरे ।






