अव्यवस्थित भन्दै कालिकोटमा ७ सय १४ निवेदन भुमि आयोगमा

कालिकोट । अव्यवस्थित भन्दै कालिकोटमा सात सय १४ वटा घरपरिवारका निवेदनहरु राष्ट्रिय भुमी आयोगमा दर्ता भएका छन् ।

मंगलवार सदरमुकाम मान्ममा आयोगले आफ्नो कार्यकालको अवधीमा गरेका उपलव्धीहरु सार्वजनिक गर्दै आयोगका अध्यक्ष चित्रबहादुर सिंहले यस्तो बताएका हुन । अहिले सम्म कालिकोटमा भुमिहिन दलित १७ घरपरिवार, भुमिहिन सुकम्बासी ५ घर गरेर जम्मा २२ वटा घरपरिवार सुकम्बासी रहेको अध्यक्ष सिंहले बताए ।

खाँडाचक्र नगरपालिका ११ मा ४३ घरपरिवारलाई निस्सा वितरण गरिएको छ । साथै वडा कार्यालय देखी नगरपालिका हुदै आयोगको जिल्ला कार्यालयसम्म पुगेका सात सय १४ अव्यवस्थित घरपरिवारको निबेदन सुचना प्रणलीमा प्रविष्टी भइ निस्सा वितरण कार्यको थालनी समेत भइरहेको जानकारी दिए ।

२०५४ साल देखी नै कालिकोटमा दर्ता भए र नभएका गरी अनुमानमा चार हजार बढी रहेको छन उनले भने,‘ गितदेखी अधुरा कार्यहरुको पनी पुर्णता दिलाउन लागि परेका छौँ । नरहरीनाथ गाउँपालिकामा एक सय ६५ वटा पुर्जा तयारी भएपनी वन समितिले मुद्धा गरेपछी रोकिएको छ सिंहले भने । ’
आयोगका जिल्ला अध्यक्ष चित्रबहादुर सिंहको अध्यक्षतामा भएको पत्रकार भेटघाटमा सदस्य टेकराज शाही,भनादेवि शाह , समितिका विज्ञ मिमबहादुर कार्की,पत्रकारको सहभागिता रहेको थियो ।

बिगतमा सुकम्वासी भन्दै पावर र पहुँचको आधारमा हुकम्वासीलाई पुर्जा वितरण गरिदै आएको थियो । पुर्जा पाएपनी अहिलेसम्म मुद्धा फैसला हुन सकेको छैन । अहिले पनी पावर र पहुँचमा नभएर वास्तविक सुकम्वासीलाई रातो पुर्जा दिन सुझाव दिइएको थियो ।

सरकार परिर्वतन संगै आयोग पनी विगटन हुनुले एक समितिले गरेका कामहरु पुर्णता दिन नपाउदै अर्को समिति नियुक्तीले अहिलेसम्म सुकम्वासीहरुको समस्या सावधान हुन सकेको छैन ।

तपाइको प्रतिक्रिया
(Visited 15 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

यस्तो छ, २०८१ सालको वर्षफल

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
तीन तन्नेरी, जसलाई चुनाब जित्न दलको सहारा लिनु परेन