तारा शाही : निर्माण क्षेत्रकी साहसी महिला

कालिकोट । हाम्रो समाजमा अझैपनी महिलाहरु चुलो र चौकोमा मात्र सिमित रहेको जताजतै पाइन्छ । अझ त दुर्गंमका महिलाहरु काँही कतै छुटपुट रोजगारीबाहेक अधिकांश महिला चुलो चौको र मेलापतमै व्यस्त रहेको पाइन्छ ।

तर कालिकोटकी निर्माण व्यवसायी तारा शाहले भने पुरुष प्रदान समाजलाई उछिल्दै एक शाहासी नारीका रुपमा उदाहरण बनेकी छन् । २० वर्षको उमेरमा स्थायी शिक्षक बनेकी शाही जागिरे जीवनको पुरा गरेर निर्माण क्षेत्रमा लागेकी शाह अहिले यो क्षेत्रमा एक उदारणिय नारीका रुपमा स्थापित छन ।

सदरमुकाम मान्मको महादेव आधारभुत विद्यालयमा शिक्षक पेषा गदै गर्दा निर्माण सेवामा लागेकी शाहले अहिले जिल्लामा भौतिक निर्माणका क्षेत्रमा अव्वल छन् । जिल्लामा उनले दश वटा ठूला करोडौ लागतका बिल्डिङ निर्माणसँगै अन्य सडक र पुर्वाधार निर्माण गरेकी छन । महिलाले पनि मेहनत र साहस गरे पुरुषभन्दा पनी बढी काम गर्न सकिदो रहेछ भन्ने कुराको पुष्टि गरेकी छन ।

उनले सदरमुकाममा रहेका जिल्ला प्रशासन कार्यालयको भवन, जिल्ला प्रहरी, जिल्ला समन्वय समिति, जिल्ला अदालत, सरकारी वकिलको कार्यालय, जिल्लाकै ठूलो एकीकृत भवन, नापी कार्यालय, जिल्ला वन कार्यालय, महिला विकास कार्यालय र जिल्ला अस्पतालको भवन निर्माण गरिसकेकी छन् । उनले जिल्लाका सडक निर्माणमा पनि त्यति नै काम गरेकी छन्

उनले अहिलेसम्म जिल्लामा २ अर्व भन्दा बढी लागत र अन्य जिल्ला गरी ३ अर्व लागतका आयोजनाहरु निर्माण गरिसकेका छन् । उनी भन्छन, ‘काम गर्दाखेरी विभिन्न चुनौती र समस्याहरु आए तर, ति सवै चुनौतिको सामना गरे । पुरुष भन्दा महिला मान्छेलाई समाजमा काम गर्न समस्या हुँदो रहेछ मैले महसुश गर्न पाए । गरेपछि असम्भव केही नहुँदो रहेछ ।’

मैल आफ्नो सुपरस्टार कन्टक्सन प्रालिबाट निर्माणका कामको थालनी गरेकी हुँ । अहिले जेवी सम्म आफ्नो फर्म बनाएकी छु । एक त म महिला त्यसैमा दुर्गममा काम गदा हरेक चुनौती झेले अहिले जिल्लामा सरकारी देखी गैरसरकारी निकायसम्मका सवै निर्माण गरेकी छु ।

उनले सदरमुकाममा रहेका जिल्लाका जिल्ला प्रशासन कार्यलयको भवन, जिल्ला प्रहरी, जिल्ला समन्वय समिति, जिल्ला अदालत, सरकारी वकिलको कार्यालय, जिल्लाको ठुलो एकिकृत भवन, नापी कार्यालय,जिल्ला वन कार्यालय, जिल्ला वन कार्यालय, महिला विकास कार्यालय र जिल्ला अस्पतालको भवन निर्माण गरेककी छन। सदरमुकाम संगै जिल्लाका सडकमा पनी उती काम गरेकी छन ।

दुर्गममा एक नारीले गरेको कामलाई प्रशंसा गरेर एशियान अवार्डदेखि अन्य पाँचवटा अवार्डसमेत शाहले पाएकी छन् । जिल्लामा एक मात्र जिल्ला अस्पताल जस्तो ठाउँमा टिनकै छाप्रोमा सेवा दिरहदा सेवा प्रवाहमा समस्या झेल्दै आएको जिल्ला अस्पतालमा पहिलो पटक लिफ्ट सहतिको भवन निर्माण भएपछि सेवा प्रवाहमा सहज हुने भएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 242 times, 1 visits today)

epaper

ताजा समाचार

मौलिक देउसी–भैलोमा ‘पुन समाज पोखरा’ च्याम्पियन