सुनकोशीमा बेपत्ता ३ मध्ये १ जनाको शव फेला

उदयपुर । उदयपुर र खोटाङ बिच भएर बग्ने सुनकोशीमा बेपत्ता भएको तिन बालबालिका मध्ये एक बालकको शब फेला परेको छ । मंगलबार स्थानीय र प्रहरीले बालकको शव फेला पारेको हो । फेला पर्नेमा त्रियुगा नगरपालिका– १४ साउने बजारका ८ बर्षिय रिदम मगर रहेको छ ।

रिदम सहित तिन जना आईतबार कोशीमा बेपत्ता भएको थियो । बेपत्ता मध्ये रिदमको भने घिर्लिङ भन्ने ठाउँमा शब फेला परेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । अन्य दुई जना १२÷१२ बर्षिय लोकवहादुर राई र रेखा मगरको भने अझै शव फेला पर्न बाँकी रहेको छ ।

उनीहरुको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी उपरिक्षक रमेश थापाले जानकारी दिए । बालको शब घटना स्थलबाट करिब २ सय मिटर तल भेटिएको जनाएका छन ।

तपाइको प्रतिक्रिया
(Visited 268 times, 1 visits today)

epaper

ताजा समाचार

मौलिक देउसी–भैलोमा ‘पुन समाज पोखरा’ च्याम्पियन