कानूनको परिधिमा रही जनचाहना बमोजिम काम गर्नु : कोशी प्रदेश प्रहरी प्रमुख खापुङ

सुन्दरहरैचा । इलाका प्रहरी कार्यालय बेलबारीको हाता भित्र निर्माण भएको नव निर्मित आवास भवन तथा भान्सा घरको प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक चन्द्र कुवेर खापुङले उद्धघाटन गरेका छन् । बुधबार एक कार्यक्रमका विच प्रदेश प्रहरी प्रमुख खापुङको प्रमुख आतिथ्यता तथा बेलबारी नगरपालिकाका प्रमुख दिल प्रसाद राईको अध्यक्षतामा नव निर्मित आवास भवन तथा भान्सा घरको शिलालेख अनावरण गरी बिधिवत रुपमा समुद्घाटन गर्नु भएको हो ।

नव निर्मित आवास भवनको समुद्घाटन पश्चात कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै वहाँले नयाँ आवास भवन प्रहरीलाई प्राप्त भए संगै कार्यरत प्रहरी कर्मचारीहरुमा थप मनोवल उच्च हुनुका साथै आम नागरिकमा प्रदान हुने सेवा समेत समयानुसार स्तरिय हुदै जाने धारणा ब्यक्त गरे । भौतिक सुबिधाले थप मनोवल बढ्ने र कार्यक्षेत्रमा समेत यसले अनुकुल वातावरण सिर्जना भई थप जोश र उर्जाका साथ प्रहरी काम कारवाही गर्न प्रेरणा मिल्ने उनले बताए ।

यसका साथै वहाँले सुन्दर भवनमा बस्ने प्रहरी कर्मचारहरुले जनमैत्री प्रहरी सेवा प्रदान गर्नेमा आफु बिश्वस्त रहेको बताउँदै कानूनको परिधिमा रही जन चाहना बमोजिमको प्रहरी सेवा प्रदान गर्न प्रहरी कर्मचारीहरुलाई निर्देशन समेत दिएका थिए ।

उक्त कार्यक्रममा सुन्दरहरैचा नगरपालिका प्रमुख केदार प्रसाद गुरागाई, मोरङ जिल्लाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराई, केराबारी गाउँपालिका प्रमुख सुमन मिरिङचिङ, कोशी प्रदेश प्रहरी कार्यालयका प्रहरी वरीष्ठ उपरीक्षक जयराज सापकोटा, कोशी प्रदेश प्रहरी गणका गणपती प्रहरी उपरिक्षक भीम बहादुर दाहाल, जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक नबराज कार्की, बिभिन्न संघ सस्थाका प्रमुख, राजनितक दलका प्रतिनिधि लगायत स्थानीय बासीहरुको उपस्थिति रहेको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 116 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

१० माघ २०८१

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
युवा नेतृत्व छनौटमा नेकपा एमाले, सुनसरीबाट कार्की सिफारिस