धरती जोगाउन स्थानीय पहल

जलवायु परिवर्तनले धरतीमा निकै ठूल्ठूला र घातक परिणाम ल्याउने असरलाई बढावा दिँदै गइरहेको छ । वैश्विक तापमानमा वृद्धि र जलवायु परिवर्तनका कारक मानव क्रियाकलाप नै हुन् । मानवको बढ्दो बस्ती विकास, आवश्यकताभन्दा बढी उत्पादन मोह, औद्योगिक क्षेत्र विस्तार, जलाधार परिवर्तन, सिमसार क्षेत्रको दुरुपयोग, जंगल फँडानी, अनावश्यक भौतिक पूर्वाधार निर्माण, प्रविधिको दुरुपयोग, फोहोर उत्पादन र अन्तरिक्ष प्रतिस्पर्धा यसका कारक हुन् । विकसित मुलुक यसका लागि बढी जिम्मेवार छन् । तर, यसको असर विकासशील मुलुकले नराम्रोसँग भोगिरहेका छन् ।

अब त यतिसम्म भइसकेको छ कि पृथ्वीमा वनस्पति तथा सम्पूर्ण जीवित प्राणीहरूको अस्तित्वमाथि नै शंका उब्जिएको छ । त्यसैले, जलवायु परिवर्तन न्यूनीकरण आजको आवश्यकता बनेर देखापरेको छ । नेपालजस्ता मुलुक अबका केही दशकमा कालापत्थर मात्र भएका मुलुकमा परिवर्तित हुँदै छन् । यो समस्या न्यूनीकरणका लागि सर्वप्रथम स्थानीय निकायहरूको क्षमता अभिवृद्धि गर्नुपर्छ । त्यसपछि जलवायु परिवर्तनसम्बन्धी काम सम्बन्धित निकायहरूको रेखदेखमा सञ्चालन गरिनुपर्छ । यसबाहेक जलवायु परिवर्तनका कारण खाद्यान्न, पर्यावरणीय प्रणाली र स्वास्थ्यमा पर्ने सम्भावित खतराहरूबाट बच्न प्रतिरोधात्मक क्षमता अभिवृद्धि गरिनुपर्छ ।

यसका लागि जलवायु परिवर्तनका कारण प्रभावित लक्षित समुदायमा सही सूचना र तथ्यांक लिई समयमै उपकार र उपचारका काम प्रभावकारी रूपमा सञ्चालन गरिनुपर्छ । सूचना प्रवाह गर्न आवश्यक छ । यसका लागि सञ्चारमाध्यमको क्षमता अभिवृद्धि गर्न उत्तिकै जरुरी छ । यसका लागि स्थानीय निकायहरूको विषय विज्ञताका आधारमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संघसंस्थाहरू र नागरिक समाजको सहभागितालाई पनि उत्तिकै ध्यान दिनुपर्छ ।

जलवायु परिवर्तन न्यूनीकरण गर्ने काम जनसहभागितामा हुनुपर्छ । दक्ष जनशक्तिको उत्पादन एवं परिचालन पनि उत्तिकै आवश्यक छ । जलवायु परिवर्तनलाई औपचारिक तथा अनौपचारिक शिक्षालगायत दूरशिक्षा एवं खुला सिकाइ कार्यक्रममा समावेश गर्नुपर्छ ।

जलवायु परिवर्तन न्यूनीकरण गर्ने काममा सबै लाग्नुपर्छ । जलवायु परिवर्तनले पारेको वा पार्ने भौगोलिक तथा विषयगत जोखिम क्षेत्रहरूको पहिचान एवं प्रभावको अध्ययन गरी प्रभाव न्यूनीकरण गर्ने स्थानीय उपायको पनि खोजी गर्नुपर्छ ।

प्रविधिले पनि जलवायु परिवर्तन न्यूनीकरणका लागि महत्वपूर्ण भूमिका खेल्छ । यसको सदुपयोग गरिनु जरुरी छ । वनजंगलले जलवायु परिवर्तन न्यूनीकरणका लागि महत्वपूर्ण भूमिका खेल्ने हुनाले यसको प्रवद्र्धन तथा संवद्र्धनका लागि विशेष ध्यान दिनुपर्छ । यसका अतिरिक्त जलवायु परिवर्तन न्यूनीकरणका लागि समयानुकूल विकास पूर्वाधार एवं संंरचना निर्माणमा पनि चनाखो रहनुपर्छ ।
(पत्रपत्रिकाको सहयोगमा)

तपाइको प्रतिक्रिया
(Visited 41 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

यस्तो छ, २०८१ सालको वर्षफल

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
लोसपा पनि चुनावी गठबन्धनतर्फ