विश्व पर्यटनको सन्दर्भमा कुरो गर्नुपर्दा सन् २०२२ मा विभिन्न मुलुकका ९ सय ६३ मिलियन मानिसहरू पर्यटक भई घुम्न निस्किएका थिए भने त्यसरी घुम्न निस्किएका मानिसहरूले सन् २०२२ मा ७ दशमलव ७ खर्ब अमेरिकी डलर खर्च गरेका थिए । त्यस्तै गरेर सन् २०२३ मा चाहिँ विश्वका विभिन्न मुलुकमा १ दशमलव ३ बिलियन मानिसहरू विभिन्न मुलुकमा घुम्न निस्किका थिए । उनीहरूले सन् २०२३ मा ९ दशमलव ५ खर्ब खर्च गरेको अनुमान रहेको छ । सन् २०२३ मा विश्वका विभिन्न मुलुकमा घुम्न निस्किएका पर्यकहरूले खुद कति खर्च गरे त ? सो सम्बन्धमा हालसम्म स्पष्ट तथ्यांक आइसकेको छैन । जे भए तापनि माथिको तथ्यांक हालसालै संयुक्त राष्ट्रसंघ मातहत रहेको ‘विश्व पर्यटन संगठन (डब्लूटीओ)’ले प्रकाशित गरेको हो ।
त्यसो त तथ्यांकनुसार सन् २०१९ मा विश्व भ्रमण गर्न निस्किएका पर्यटकले गरेको खर्चबाट विश्वको कुल गार्हस्थ उत्पादन (ग्रोस डेभलपमेन्ट प्रडक्ट–जीडीपी)मा १० दशमलव चार प्रतिशतको योगदान रहेको थियो भने सन् २०२३ मा ९ दशमलव ६ प्रतिशत रहेको अनुमान गरिएको छ । त्यस्तै, गरेर सन् २०३३ मा चाहिँ विश्व भ्रमण गर्न निस्किने पर्यटकहरूले गर्ने खर्चबाट विश्वको कुल गार्हस्थ उत्पादन जीडीपीमा ११ दशमलव ६ प्रतिशतको योगदान रहको प्रक्षेपण गरिएको छ ।
यता, संख्याको कुरो गर्दा सन् २०१९ मा विश्व भ्रमण गर्न निस्किएका पर्यटकको संख्याबराबर पुग्न अब लगभग ११ प्रतिशत मात्रै बाँकी रहेको छ । जुन सन् २०२४ (चालू वर्ष) मा पुग्ला कि भन्ने आशा गरिएको छ भने सन् २०२४ मा विश्वका विभिन्न मुलुकको भ्रमण गर्न निस्कने पर्यटकहरूले गर्नेे खर्चबाट विश्वको कुल गार्हस्थ उत्पादन जीडीपीमा १० दशमलव ६ प्रतिशत पुग्ने अनुमान गरिएको छ ।
यता, हाम्रो मुलुक नेपालमा चाहिँ समग्रमा सन् २०२३ अर्थात् आर्थिक वर्ष २०८०–०८१ मा पर्यटन क्षेत्रबाट सरकारलाई नेपाली रुपैयाँमा सटही गर्दा कति विदेशी मुद्राबराबरको आम्दानी भयो त ? नेपाली पर्यटन क्षेत्रमा लागेका व्यवसायीहरूले आर्थिक रूपमा केकति फाइदा गरे ? आदिका सम्बन्धमा विस्तृत अध्ययन गरेर सम्बन्धित निकायले तथ्यांक बाहिर ल्याइसकेको छैन । तर, सन् २०२३ मा नेपालीहरूले आशा गरेभन्दा धेरै राम्रो संख्या अर्थात् १० लाख १४ हजार ८ सय ७६ जना विदेशी पर्यटकले नेपालको भ्रमण गरेका छन् । जुन हाम्रा लागि धेरै राम्रो र प्रेरणादायी कुरो हो ।
नेपालको समग्र अर्थतन्त्रमा पर्यटन क्षेत्रबाट हुने कुल योगदान वा भनौं आम्दानीमा एकरूपता भने रहेको छैन । ’cause, नेपालको समग्र अर्थतन्त्रमा पर्यटनको कुल योगदान अर्थात् वार्षिक आम्दानी कहिले साह्रै नै कम रहेको देखिन्छ भने कहिले ठीकठीकै रहेको देखिन्छ । जस्तो कि पर्यटन विभागका अनुसार आव २०७४–०७५ मा नेपालले पर्यटन क्षेत्रबाट ६७ अर्ब ९ करोड ६० लाख रुपैयाँबराबर विदेशी मुद्रा आम्दानी गरेको थियो भने आव २०७५–०७६ मा चाहिँ पर्यटन क्षेत्रबाट ७५ अर्ब ८ करोड ५६ लाख रुपैयाँबराबर विदेशी मुद्रा आम्दानी गरेको थियो । त्यस्तै, गरेर आव २०७६–०७७ मा नेपालले समग्र पर्यटन क्षेत्रबाट ४८ अर्ब ७ करोड ५७ लाख रुपैयाँबराबर विदेशी मुद्रा आम्दानी गरेको थियो ।
सन् २०२३ मा १० लाख १४ हजार ८ सय ७६ जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन्
उता, आव २०७७–०७८ मा चाहिँ नेपालले पर्यटन क्षेत्रबाट केवल ३ अर्ब ८८ करोड रुपैयाँबराबर मात्रै विदेशी मुद्रा आम्दानी गर्न सक्यो । यस्तो अवस्था आउनुको मुख्य कारण चाहिँ सन् २०१९ मा चीनबाट पैmलन सुरु भएको कोरोना महामारीले गर्दा सन् २०१९, सन् २०२० र सन् २०२१ सम्म परेको व्यापक असरले गर्दा नै हो । स्मरण रहोस् सन् २०१९, सन् २०२० र सन् २०२१ मा नेपालमा मात्रै नभएर विश्वभरि नै कोरोना महामारीले गर्दा समग्र पर्यटन क्षेत्रमा नकारात्मक असर परेको थियो । स्मरण रहोस्, विश्वभरि नै पर्यटन क्षेत्रमा मुद्रा शान्तिको अवस्था रहेको थियो । तथापि, आव २०७८–०७९ मा चाहिँ नेपालमा पर्यटन क्षेत्रबाट भएको आम्दानी झन्डै दोब्बरले बढेर ११ अर्ब ३५ करोड रुपैयाँबराबरको विदेशी मुद्रा आम्दानी भएको थियो ।
कोरोना महामारीपछिको अहिलेकोे अवस्थामा विश्वका प्रायः सबै मुलुकका साथै नेपालमा पनि पर्यटनले गति लिएको छ, लय समातेको छ । प्रसंगवस थेरै कुरो लेख्नुपर्दा, बोल्नुपर्दा नेपालमा सन् २०२० मा केवल २ लाख ३० हजार ८५ जना विदेशी पर्यटकले भ्रमण गरेका थिए भने सन् २०२१ मा त झनै धेरै संख्यामा घटेर (अघिल्लो वर्ष अर्थात् सन् २०२० मा भन्दा आधा) १ लाख ५० हजार ९ सय ६२ जना विदेशी पर्यटकहरू मात्रै नेपाल भ्रमणमा आएका थिए । जुन पर्यटकको संख्या सन् २०२० को तुलनामा लगभग ४६ प्रतिशतले कम रहेको थियो । तर, सन् २०२२ देखि नेपाली पर्यटनले पनि बिस्तारै लय समातेको छ । त्यसैले, गर्दा नै सन् २०२२ मा अनपेक्षित रूपमा नेपाल भ्रमण गर्न आएका विदेशी पर्यटकको संख्या बढेर ६ लाख १४ हजार ८ सय ६९ जना पुग्यो । त्यस्तै, सन् २०२३ मा पनि नेपाल भ्रमण गर्न आउने विदेशी पर्यटकको संख्या बढेर १० लाख १४ ८ सय ७८ जना पुग्यो । लगभय तीनवर्षे कोरोना महामारीकालपछि लगातार रूपमा नेपाल भ्रमणमा आउने विदेशी पर्यटकको संख्या बढे तापनि उनीहरूले नेपालमा रहँदा, बस्दा गर्ने दैनिक खर्चको बढोत्तरीचाहिँ खासै हुन सकेको छैन । यो चाहिँ हामी सबैका लागि सोचनीय विषय रहेको देखिन्छ ।
दक्षिण एसियामा पर्यटनबाट जीडीपीमा धेरै योगदान रहेको मुलुक माल्दिभ्स हो
हुन पनि ‘द ग्लोबल इकोनोमी डट कम’का अनुसार सन् २०२० मा नेपाल भ्रमण गर्न आएका विदेशी पर्यटकको आर्थिक योगदान जीडीपीमा शून्य दशमलव ७१ प्रतिशत मात्रै रहेको देखिन्छ । सो तथ्यांकमा जनाइएनुसार सन् २०२० मा पर्यटनबाट सबैभन्दा धेरै योगदान जीडीपीमा ‘आरुबा’ नामक सानो टापु मुलुकको रहेको देखिन्छ । जुन मुलुकको जीडीपीमा पर्यटनको योगदान ४१ दशमलव २६ प्रतिशत रहेको थियो ।
त्यस्तै, पर्यटनबाट जीडीपीमा धेरै योगदान रहेको दोस्रो मुलुक माल्दिभ्स रहेको थियो । माल्दिभ्सको जीडीपीमा पर्यटनको योगदान ३७ दशमलव ६१ प्रतिशत रहेको थियो । त्यस्तै, गरेर तेस्रो मुलुकमा मकाउ रहेको थियो । मकाउको जीडीपीमा पर्यटनको योगदान ३७ दशमलव शून्य ७ प्रतिशत रहेको थियो भने चौथो स्थानमा रहेको मुलुकचाहिँ एन्टिगुवा एन्ड बारबाडोेसको रहेको थियो । स्मरण रहोस्, एन्टिगुवा एन्ड बारबाडोस नामक सानो टापु मुलुकको जीडीपीमा पर्यटनको योगदानचाहिँ २९ दशमलव ३७ प्रतिशत रहेको थियो । त्यस्तै, पर्यटनबाट आप्mनो मुलुकको जीडीपीमा बढी योगदान गरेको पाँचौं मुलुकमा चाहिँ सेसेल्स रहेको थियो । विश्वको भूगोलमा एकदमै सानो टापु मुलुकका रूपमा रहेको सेसेल्सको जीडीपीमा पर्यटनको योगदान भने १९ दशमलव २६ प्रतिशत रहेको थियो ।






