अवैधानिक रूपमा बसेका नेपालीलाई स्वदेश फर्काउन पहल

काठमाडौं । कुवेतमा अवैधानिक रूपमा रहेका नेपालीलाई नेपाल फर्काउन गैरआवासीय नेपाली संघ (एनआरएनए)ले पहल सुरु गरेको छ । नेपालका लागि अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आईओएम) प्रमुख हेलेन फोर्ससँग भेटेर संघका अध्यक्ष डा. बद्री केसीले पैसाको अभावमा नेपाल फर्कन नपाएका नेपालीको उद्धारका लागि सहयोग र सहकार्य गर्न आग्रह गरेका हुन् ।

एनआरएनएको सचिवालयमा आमन्त्रण गरी आईओएम प्रमुख फोर्सलाई संघका तर्फबाट सो आग्रह गरिएको हो । अध्यक्ष डा. केसीले भने, ‘कुवेतमा रहेका कामदार जसले एम्नेस्टी प्राप्त गरे तापनि टिकेट काट्ने पैसा नहुनेलाई कसरी नेपाल ल्याउन सकिन्छ, तर त्यसमा यहाँहरूको सहयोग महत्वपूर्ण हुनसक्छ ।’

हाल कुवेतमा रहेका नेपाली श्रमिक, जसले कुवेत सरकारको रेसिडेन्ट कानुन उल्लंघन गरेका छन्, उनीहरूका लागि १७ मार्च २०२४ देखि १७ जुन २०२४ सम्मको अवधिमा कुनै जरिमाना नतिरीकन आवश्यक प्रक्रिया पु-याएर आफ्नो मुलुक फर्कनसक्ने प्रावधान छ ।

यस सम्बन्धमा सरकारसँग पनि अनुरोध गरिएको उनले बताए ।

हाल कुवेतस्थित नेपाली दूतावासमा गएर आवश्यक ट्राभल डकुमेन्टसमेत तयार गरे पनि २ सयभन्दा बढी नेपाली श्रमिक घर फिर्तीका लागि हवाई टिकट तिर्न नसक्ने अवस्थामा रहेका छन् ।

मुस्लिमहरूको महान् चाड रमजानको अवसर पारेर ४ वर्षपछि कुवेत सरकारले कुवेतमा कार्यरत अवैधानिक आप्रवासी कामदारलाई स्वदेश फर्कन अनुमति दिएको हो । जवाफमा आईओएम प्रमुख फोर्सले आफूहरूले पनि आप्रवासी कामदारका लागि काम गर्दै आएको स्मरण गराउँदै संघका तर्फबाट गरिएको आग्रहलाई सकारात्मक रूपमा लिएको र छिट्टै योजना बनाएर अघि बढ्नसक्ने बताए ।

भेटमा संघले गर्दै आएका मुख्य गतिविधिका ’boutमा पनि छलफल भएको थियो । सोही क्रममा अध्यक्ष डा. केसीले संघले आगामी २९ र ३० जुनमा हुने पहिलो गैरआवासीय नेपाली महिला सम्मेलनमा संघ तथा आईओएमले सहकार्य गरी अघि बढ्न प्रस्ताव गरे । आईओएम प्रमुख फोर्सले डा. केसीको प्रस्तावमा आफू सकारात्मक रहेको बताए ।

तपाइको प्रतिक्रिया
(Visited 139 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

‘दुर्बासा’ पत्रकार !

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
चन्द्रपुर नगरपालिकाको नगर प्रमुखमा कांग्रेसका काफ्ले र उप प्रमुखमा चौधरी बिजयी