‘बाइपोलर डिसअडर’को उपचार

बाइपोलर डिसअडर एक मनोविकार हो । यसको असर मनोवैज्ञानिक रूपमा देखापर्छ । गिदीमा हुने डोपामिन हार्मोनको असन्तुलनका कारण यो समस्या पैदा हुन आउँँछ । यसले व्यक्तिको मुड छिनछिनमा परिवर्तन गराउँछ । मुडमा आएको परिवर्तनसँगै त्यस्ता व्यक्तिको व्यवहारमा पनि तदनुरूप परिवर्तन आइनै रहन्छ ।

बाइपोलरबाट प्रभावित व्यक्तिमा सकारात्मक र नकारात्मक दुवै लक्षण देखिन्छन् । सकारात्मक लक्षणमा ऊर्जामा वृद्धि, मुडमा सकारात्मकता, गतिविधिमा तीव्रता, मानसिक र शारीरिक क्रियाशीलता, कुशाग्रता आदि हुन्छ भने नकारात्मक लक्षणहरूमा भाषण दिएजसरी बोल्ने, गलत निर्णय लिने, निद्रा कम हुने, लापरबाही तरिकाले सवारीसाधन चलाउने र अत्यधिक आत्मबोध वा घमण्डको भावना जागृत हुने गर्छ ।

यसका पछाडि पारिवारिक पृष्ठभूमि, परिस्थितिजन्य अवस्था, मस्तिष्क संरचना र कार्य आदिले काम गरिरहेका हुन्छन् । पारिवारिक इतिहासमा बाइपोलर डिसअडरको समस्या रहेछ भने त्यो सर्छ पनि । कमलकोटीले कीरोलाई आफ्नो घरभित्र राखेर कमलकोटी बनाएर निकाल्छ भनिन्छ । यसको अर्थ हो, घरपरिवारमा रहेको छाप बच्चाबच्चीमा परिहाल्छ । हुन पनि यो रोग परिवारका सदस्य ८० देखि ९० प्रतिशत देखिन्छन् । वंशाणुगत पनि ८० प्रतिशतभन्दा बढी नै पाइन्छ ।

वातावरण र परिस्थितिले निर्माण गर्ने घातक तथा तनावपूर्ण घटनाको सन्तुलित रूपमा सामना गर्न नसक्दा पनि यस्तो रोग देखापर्छ । यसले बढी जोखिम निम्त्याउनसक्छ । खराब सम्बन्ध, सम्बन्ध विच्छेद, प्रियजनको मृत्यु, गम्भीर रोग, संक्रामक रोग तथा आर्थिक अनि सामाजिक समस्याका कारण बाइपोलर डिसअर्डर देखापर्छ ।

कहिलेकाही मस्तिष्क संरचना र त्यसले गर्ने कार्यले पनि असर गर्छ । यसमा मस्तिष्क आकारमा विविधता, उत्पादित रसायन र तिनको उपस्थितिका कारण उत्पन्न हुने असन्तुलनले बाइपोलर डिसअर्डर निम्तन्छ ।

त्यसैले, बाइपोलर डिसअडर हो कि होइन भनी बुझ्न चिकित्सकले बिरामीसँग थाइराइडजस्ता ग्रन्थीको असन्तुलनको खोजी, आवश्यक शारीरिक परीक्षण, रगत परीक्षण एवं आवश्यकतानुसार स्क्यान पनि गराउन लगाउँछन् । साथै, पारिवारिक इतिहास, प्रयोग गरिरहेको औषधिका साथै मानसिक स्वास्थ्य सेवाविज्ञको सहयोग पनि लिने गर्छन् ।

यसका लागि चिकित्सकले लक्षण शान्त राख्नका लागि मुड स्टेबिलाइजर, जोखिम कम गर्न एन्टिएन्जाइटी औषधि सिफारिस गर्छन् । यसका अतिरिक्त तालुमाथिबाट चुम्बकीय उत्तेजना उपलब्ध गराई चुम्बकीय तरंगहरू मस्तिष्कका विभिन्न भागमा दिइन्छ ।
(पत्रपत्रिकाको सहयोगमा)

तपाइको प्रतिक्रिया
(Visited 33 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सुदूरपश्चिममा एकीकृत समाजवादीलाई मुख्यमन्त्री !

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
कन दलले कहाँ गुमाए ?