काठमाडौं । यो वर्षभरी विभिन्न कार्यक्रमको आयोजना गर्दै साहित्यिक पत्रकार संघले आफ्नो स्वर्ण महोत्सब मनाईरहेको छ । यसै क्रममा विभिन्न सम्मान तथा कथा बाचन गर्दै संघले काठमाडौंमा ४३औं कथा दिवस मनायो । कथाकार किशोर पहाडीको लघुकथा वाचनसँगै सो कार्यक्रम सुरु भएको थियो । कथा दिवसमा कथाकारहरू सत्या अधिकारी, ध्रुवराज थापा, मञ्जिला अनिल र शान्ता तिमिल्सिनाले आ–आफ्ना लघुकथा सुनाए ।
सो कार्यक्रममा यो वर्षको ‘मैनाली कथा पुरस्कार’ कथाकार नरेन्द्रराज पौडेललाई, ‘लोकप्रिया पुरस्कार’ साहित्यकार सिर्जना शर्मालाइ, ‘व्यथित काव्य डायस्पोरा सम्मान’ कवि खेमनाथ दाहाललाई र ‘व्यथित काव्य सम्मान’ कवि ठाकुर बेलवासेलाई प्रदान गरिएको छ । काठमाडौंको अनामनगरमा आयोजित कार्यक्रममा संघका अध्यक्ष राधेश्याम लेकाली, नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति प्राडा.वासुदेव त्रिपाठीलगायतले सो सम्मान एवम् पुरस्कार प्रदान गरेका हुन् । कार्यक्रममा पुरस्कार स्वरुप कथाकार पौडेललाई ५१ हजार रुपैयाँ र कदरपत्र प्रदान गरियो । यस्तै साहित्यकार शर्मालाई लोकप्रिया पुरस्कार स्वरुप १० हजार १ सय रुपैयाँ र कदरपत्र प्रदान गरियो ।
कार्यक्रममा कवि लोकप्रिया देवीकी सुपुत्री शशि रिमालले ‘लोकप्रिया’ ’bout कविता वाचन गर्दै सो पुरस्कार’bout जानकारी गराईन् । नेपाल स्रष्टा समाजका अध्यक्ष साहित्यकार श्रीओम श्रेष्ठ ‘रोदन’ले पुरस्कार निर्णायक समितिको धारणा’bout कार्यक्रममा प्रकाश पारे । पुरस्कृत तथा सम्मानित व्यक्तित्वहरूका ’bout कार्यक्रममा समालोचक प्राडा.लक्ष्मणप्रसाद गौतम र समालोचक ज्ञानु अधिकारीले प्रकाश पारेका थिए ।
कार्यक्रममा बोल्दै प्राडा. वासुदेव त्रिपाठीले साहित्यमा कथा निकै ससक्त विधा भएको बताए । सरकारी निकायबाट यस्ता दिवस मनाउनु पर्नेमा साहित्यिक पत्रकार संघले हरेक वर्ष कथा दिवस मनाएर कथाकारलाई प्रोत्साहन गर्दै आएको पनि उनले बताए । यस्तै साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीले ४३ वर्ष अघिबाट आफुहरुले हरेक वर्ष चैतमा कथा दिवस मनाउँदै आएको बताए । साहित्यिक पत्रकार संघका महासचिव डा.दामोदर पुडासैनी ‘किशोर’ले संघको वार्षिक गतिविधि’bout कार्यक्रममा प्रकाश पारे ।






