लायन्स डिष्ट्रिक्ट ३२५ एसको पहिलो पटक वीरगन्जमा महाधिवेशन

वीरगन्ज । सामाजिक कार्य गर्दै संसारमा वृहत सञ्जाल खडा गर्न सफल संस्था लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ ‘एस’ को दोश्रो महाधिवेशन वीरगन्जमा हुने भएको छ । यस्तो महाधिवेशन योभन्दा पहिले काठमाण्डौमा एक पटक भएको थियो । वीरगन्जका लागि भने यो संस्थाको महाधिवेशन पहिलो पटक हुन लागेको हो ।

आगामी चैत्र २४ गते वीरगन्जमा हुने महाधिवेशनको सबै तयारी पूरा भएको महाधिवेशन आयोजक कमिटि संयोजक लायन प्रकाश वाहेतीले बताए । देशका विभिन्न पाँच जिल्ला (काठमाण्डौ, ललितपुर, पर्सा, बारा र मकवानपुर) का गरी ४ सय प्रतिनिधि सहभागी हुने आयोजक महाधिवेशन कमिटिले वीरगन्जमा पत्रकाकार सम्मेलन गरी जनाएको छ । सबै प्रतिनिधिहरुको लागि बस्ने र रहने व्यवस्था सहितको तयारी गरिएको आयोजकको भनाइ छ । महाधिवेशन वीरगन्जको क्लार्क रिसोर्टमा हुने गरी सबै तयारी गरिएको लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एसका गभर्नर लायन देवकिनन्दन (डि.एन.) अग्रवालले बताए ।

महाधिवेशनको उद्घाटन मधेस प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादव र लायन्स क्लब इन्टरनेशनलका पाष्ट इन्टरनेशनल डाईरेक्टर लायन जि.एस. होराद्वारा हुने पर्सेली संचारकर्मीसामु जनाइएको छ । महाधिवेशनले लायन्स क्लब इन्टरनेशनलको विधान अनुसार डिष्ट्रिक्ट गभर्नर, फस्ट भाइस डिष्ट्रिक्ट गभर्नर र सेकेण्ड भाइस डिष्ट्रिक्ट गभर्नर पदमा लायन वर्ष २०२४–२०२५ का लागि नयाँ नेतृत्व समेत महाधिवेशनले निर्वाचित गर्ने लायन्सका एरिया चिफ लायन उमेश शर्माले बताए ।

डिष्ट्रिक्ट गभर्नर पदमा हेटौडाबाट लायन तासी डोल्मा तुम्बाहाम्फे, फस्ट भाइस डिष्ट्रिक्ट गभर्नर पदमा काठमाण्डौबाट लायन बिनय बस्नेत सेकेण्ड भाइस डिष्ट्रिक्ट गभर्नर पदकालागि वीरगन्जबाट लायन रामबिहारी पाण्डे आकाँक्षी रहेको पनि लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एसका गभर्नर लायन अग्रवालले खुलासा गरे ।

लायन्स क्लब इन्टरनेशनलका जोन चेयरपर्सन लायन विजय कुशवाहाले सहजीकरण गरेको पत्रकार सम्मेलनमा लायन्स क्लब इन्टरनेशनलका पाष्ट मल्टिपल काउन्सिल चेयरपर्सन लायन डा. रमेश अग्रवाल, डिष्ट्रिक्ट ३२५ एसका क्याबिनेट सेक्रेटरी लायन बासु तिमिल्सिना, क्याबिनेट ट्रेजर लायन रामबिहारी पाण्डे, नेपाल पत्रकार महासंघ पर्साका सभापति अनुप तिवारी, डिष्ट्रिक्ट एक्ज्यूकेटिभ चिफ लायन सन्दिप केडिया, रिजन चेयरपर्सन लायन संजय अग्रवाल, एरिया सेक्रेटरी लायन श्याम गुप्ता, लायन नरोत्तम पाण्डे लायन्स स्थानीय नेता र स्थानीय संचारकर्मीहरुको सहभागीता रहेको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 57 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

यस्तो छ, २०८१ सालको वर्षफल

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
ओलाङचुङगोलामा अध्यक्ष छेतेनसहित सबै सदस्य निर्विरोध