दिपा मृत्यु प्रकरणका थप एक आरोपी सप्तरीबाट पक्राउ

राजविजराज । सप्तरीको छिन्नमस्ता गाउपालिका ७ की १५ वर्षिया दिपा यादवको भारतमा भएको रहस्यमय मृत्यु प्रकरणमा अनुसन्धानका लागी प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा विष्णुपुर गाउँपालिका ४ निवासी ३० वर्षिय कृष्ण कुमार यादव रहेको प्रहरीले जनाएको छ । भारतबाट घर फर्केको बेला अघिल्लो दिन उनलाई गाउँबाटै पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी ढुण्डिराज नेउपानेले जानकारी दिए ।

दिपाको गत मंसिर ३० गते भारतको राजधानी नयाँ दिल्लीमा रहस्यमय मृत्यु भएको थियो । उनको मृत शरिर दिल्ली स्थित लाजपतनगरमा एउटा कोठामा दिल्ली प्रहरीले वरामद गरेको थियो । उक्त कोठा भाडामा लिई वस्दै आएका सप्तरीको डाक्नेश्वरी नगरपालिका ६ का रोशन मण्डललाई सोही दिन दिल्ली प्रहरीले पक्राउ गरी अनसन्धान गरिरहेको छ ।

पछिल्लो पटक नेपाल प्रहरीले पक्राउ गरेका कृष्ण उनकै साथी हुन । दीपा वेपत्ता भएकै दिन देखि लगातार रोशन र कृष्ण फोन सम्पर्कमा रहेको कृष्णले बोकेको मोबाइल कल डिटेलबाट देखिएको बताइएको छ । रोशनका आफन्तले दीपा र रोशनबीच प्रेम सम्बन्ध रहेको र सोही क्रममा दीपा स्वेच्छाले दिल्ली भागी प्रेम विवाह गरेको दाबी गर्दै आएका छन् ।

दिल्ली वसाई कै क्रममा गत मंसिर ३० गते दुबै बीच समान्य विवाद हुदा आवेशमा आई दीपाले झुण्डिएर आत्महत्या गरेको समेत रोशनका अभिभावकहरुले बताउँदै आएका छन् । तर, दिपाका अभिभावकले त्यो आत्महत्या न भई हत्या नै भएको दाबी गर्दै आएको छ ।

राजविराज ७ स्थित रोजपब्लिक स्कुलबाट गत वर्ष माध्यमिक शिक्षा परिक्षा (एसइइ) दिएकी १५ वर्षिय दीपाको गत जेठ २० गते रोशन र कृष्ण सहित मोटर साईकलमा चढी आएका ४ जना युवाले अपहरण गरी लगेको मामा चन्द्र शेखरले बताउँदै आएका छन ।

सो ’bout ४ जना विरुद्ध मामा चन्द्र शेखरले जिल्ला प्रहरी कार्यालयमा प्रथम पटक अपहरण, शरिर बन्धक, जबरजस्ती करणी र मानव वेच विखन कसुरमा जाहेरी दिएका थिए । तर भान्जीको मृत्यु भए पश्चात उनले ती चारै जना विरुद्ध कतब्र्य ज्यान मुदा चलाउन समेत उजुरी दिएका छन् ।

प्रहरीले सो उजुरी दर्ता गर्न आलटाल गरेपछि दीपाका अभिभावहरुले न्याय खोज्दै उच्च अदालत जनकपुर–राजविराज इजलाश पुगेका थिए ।

सो रिट उपर सुनवाई गर्दै न्यायधिश मुनेन्द्र प्रसाद अवस्थी र विमल सुवेदीको संयुक्त इजलाशले २०८० असोज १२ गते परमादेश जारी गरेको थियो । परमादेश पछि प्रहरीले सक्रियता देखाउदै आरोपीलाई पक्राउ गर्न थालेको हो । नाबालिकालाई अपहरण गरी हत्या गरिएको भन्दै दीपाका आफन्तले रोशन र कृष्ण संगै डाक्नेश्वरी नगरपालिका ६ का सूर्य नारायण मण्डल र सकुन्तला देवी मण्डल विरुद्ध पनि प्रहरीमा किटानी जाहेरी दिएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 148 times, 1 visits today)

epaper

ताजा समाचार

थाइल्याण्डको सिनेटको मतदान ठगीमा ७७ व्यक्तिविरुद्ध कानुनी कारबाहीको आदेश