बेरोजगारी रोक्ने क्षमता नेपालमा हाल छैन: मुख्यमन्त्री महरा

अर्घाखाँची । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोगबहादुर महराले बढ्दो बेरोजगारीलाई अहिलेको समयमा नेपालमा रोक्न सक्ने क्षमता नभएको बताए । यहाँको श्रमको मूल्यले दैनिकी गुजारा चलाउन समेत गाह्रो भएकाले यस्तो समय आएको उनको भनाइ छ।

अर्घाखाँचीको मालारानी गाउँपालिका ५ बाँगीमा रहेको शान्ति माध्यमिक विद्यालयको हिरक महोत्सवको उद्घाटन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन।यहाँको श्रमको मुल्य जब विदेशी मुलक जस्तै हुन्न र सोहि अनुसारको शिक्षामा सुधार नभए सम्म जती भाषण गरे पनि केहि नहुने बताएका हुन।

अबको समयमा व्यावसायिक शिक्षाले मात्र उत्पादन र रोजगारी सिर्जना गर्ने भएकाले उद्यमशीलता विकासका लागी व्यवहारिक ज्ञान अपरिहार्य भएको बताए। सरकारी विद्यालयमा राज्यले ठुलो लगानी गरेको भएपनि विद्यालय भवन खाली हुँदै गएकाले यसमा सबै पक्ष जिम्मेवारी हुने समय आएको उनको भनाइ छ । गुणस्तरीय शिक्षाको खोजीमा मानिस सहरतर्फ आकर्षित भएका छन। अब केन्द्रित पनि बनाउन आवश्यक रहेको बताए ।

यस्तै प्रदेशममा कामलाई थप प्रभावकारी बनाउनको लागि अब देखि साना साना उद्घाटन कार्यक्रम स्थानीय तहकै प्रतिनिधिबाट गराउने विषयमा छलफल भैरहेको समेत मुख्य मन्त्री महराले बताए।अर्घाखाँची,गुल्मी र पाल्पालाई छोटो दुरीले प्रदेश राजधानी जोडिने गच्छेभालुवाङ्ग सडकलाई प्राथामिकतामा राखेर काम गर्ने समेत उनको भनाइ छ ।यस्तै लुम्बिनी प्रदेशका बिना विभागीय मन्त्री चेतनारायण आचार्यले जनताले अपेक्षा गरे बमोजिममा अबको प्रदेश सरकार सोहि अनुसार काम गर्न लाग्ने बताए ।

अर्घाखाँचीको मालारानी गाउँपालिका ५ बाँगीमा रहेको शान्ति माध्यमिक विद्यालयको ६१ वर्ष प्रवेश गरेको अवसरमा हिरक महोत्सव बनाएको हो। कक्षा १देखि १२ कक्षा सम्म पढाइ हुँदा आएको विद्यालयमा थप २०७६ सालदेखी कम्प्युटर इन्जिनियरिङ्ग संचालन गरेको बिधालयमा हाल सदरमुकाम सन्धिखर्कबाट विद्यार्थी पढ्न जाने गरेका छन । प्रधानध्यापक मान बहादुर पाण्डेका अनुसार कम्प्युटर इन्जियनियरिङ्ग कक्षा १२ को पहिलो ब्याजको बोर्ड परिक्षामा संलग्न सवै ३६ जना बिधार्थीहरु उच्च ग्रेड सहित सफलता प्रात्त गरेका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 57 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

अध्यक्ष ओलीको अँगालोमा सुहाङ !

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
एक लाख ३६ हजार २६९काे उम्मेदवारी, वडाध्यक्षमा ३२ हजार ५९