श्रीराम र रामनवमीको महत्व

विश्वमा एक मात्र हिन्दू राष्ट्र नेपाल हो । यो देशमा ८१ प्रतिशतभन्दा बढी हिन्दूको बाहुल्यता रहेको छ । हाम्रो देशलाई राम्ररी मनन या अध्ययन गर्ने हो भने धर्म र संस्कृतिमा धेरै धनी छ । जहाँ प्रत्येक दिन एक न एक चाड या पर्व नपरेको हुँदैन । यस्तै, महान् चाड पर्वमध्ये रामनवमी पनि एक हो । यसलाई हिन्दू धर्मावलम्बीहरूका लागि एक महत्वपूर्ण पर्वका रूपमा लिइएको छ । यो पर्व प्रत्येक वर्ष चैत महिनामा पर्ने भए तापनि यो साल भने वैशाख ५ गते बुधबार परेको छ । यो खासगरीकन प्रख्यात हिन्दू धर्म ग्रन्थ रामायणका अनुसार यो दिनलाई भगवान् श्री रामचन्द्रको जन्म दिनका रूपमा लिइन्छ । यो पर्व चैत नवरात्रको बिचमा आउने भएकाले यो दिन भगवान् श्रीरामका साथै आद्य शक्ति नव दुर्गा देवीको पनि पूजा हुन्छ । त्रेता युगमा चैत शुक्ल नवमीका दिन अयोध्यामा जन्मेका श्रीरामले दानवीय प्रवृित्तका रावणको अन्त्य गरी जनकल्याण गरिएको सम्झनामा यो पर्व मनाइन्छ ।

श्रीरामको जन्मदिन रामनवमीलाई सत्यको असत्यमाथि र उज्यालोको अन्धकारमाथि विजय प्रतिकका रूपमा मनाइन्छ

श्रीराम एक असल स्वभाव र मर्यादा पुरुषोत्तमका रूपमा यो संसारमा जन्म लिएका थिए । आजसम्म पनि पृथ्वीभरमा यिनको नाम अमर भएको छ । यिनले असत्यताको अन्धकारमाथि सत्य अनि मर्यादाको उज्यालोको ज्योति विश्वभरि फैलाएका छन् । यसै कारणले होला यस्ता महान् व्यक्तिको सम्झनामा श्रद्धा, भक्ति अनि आराधनाका माहोल बिच आज नेपाल, भारत, बंगलादेश, म्यानमार, थाइल्यान्ड, श्रीलंका, फुजी टापु, साउथ अफ्रिका अनि इन्डोनेसियासम्म रामको जीवन अनि घटनाव्रmम झल्काउने नाटक, सभा, कीर्तनलगायतका कार्यक्रम गर्दै हिन्दू धर्मावलम्वीद्वारा मनाइन्छ । हिन्दू धर्ममा आस्थावान् जोकोही राम नवमीका दिन सबेरै नुहाइधुवाइ शुद्ध बनी विभिन्न ठाउँमा रहेका राम मन्दिरमा पुगी पूजा आराधना गर्छन् । राम नवमीका दिन राजधानीको बत्तिसपुतली, ललितपुर र भक्तपुरका अन्य राम मन्दिरमा भक्तजनको भिड लाग्ने गर्छ । रामनवमीमा जनकपुरस्थित रामजानकी मन्दिरमा भव्य मेला लाग्छ ।

सो मेलामा भारतबाट समेत हजारौं श्रद्धालु भक्तजन सहभागी भई पवित्र गंगासागरमा स्नान गरी रामजानकी मन्दिरमा पूजाआजा गर्छन् । आज देशभरका नदी, ताल एवं कुण्डमा नित्य स्नान गरी व्रत बस्ने गरिन्छ र रामगीता पाठ गरिन्छ । साथै अध्यात्मयुक्त वाल्मीकीकृत्य भानुभक्तीय रामायण समेत वाचन गरिन्छ । यसरी वाल्मिकी पुराणअनुसार भगवान् रामको जन्म पाँचवटा ग्रह उच्च स्थानमा रहेका थिए । रामले परिवार, समाज र राज्यभित्र कायम हुनुपर्ने सबै मर्यादाको सधैं ख्याल गरेका कारण उहाँलाई मर्यादा पुरुषोत्तम भनिएको हो । यसर्थ, भगवान् रामको राज्य रामराज्य अर्थात् न्यायका लागि नमुना पनि मानिन्छ ।

भगवान् श्रीरामको जन्म इसापूर्व ७ हजार ३ सय ९३ तिर दिनको मध्यान्न समयमा भएको अनुमान गरिएको थियो । अतः अयोध्याका राजा दशरथका जेठा छोराका रूपमा जन्म लिएका रामले मिथिलापुत्री तथा राजा जनककी छोरी सीतासँग विवाह भएको थियो । राम र रावणको जन्म कुण्डली एकै प्रकारको रहेको थियो । दशरथ राजाका चार छोरामा राम, भरत, लक्ष्मण र शत्रुधन नाम गरेका थिए । भरतकी माता कैकेयीले छलपूर्वक दशरथ राजालाई परिबन्धमा पारेर रामलाई १४ वर्ष वनवास पठाएकी थिइन् । तर, रामका प्रियभक्त भएका कारण भरतले पनि वनमै पुगेर रामले लगाउने खराउलाई सिंहासनमा राखेर पुजेको किंवदन्ती छ । भगवान रामका सबैभन्दा असल साथी हनुमान हुन् । रामभक्त हनुमान रावणराज्य लंका तहसनहस बनाउने प्रमुख पात्र पनि हुन् । रामलाई हिन्दू धर्म संस्कृतिमा सबैभन्दा धेरै पुजिने भगवानका रूपमा लिइन्छ । राम अनि रावणको कुरा गर्दा खेरि दक्षिणी भारतलगायत श्रीलंका अनि माल्दिभ्ससम्ममा अझै पनि रावणलाई पनि राम जत्तिकै श्रद्धा मानेर पूजा गर्ने चलन छ ।

रामायणले समावेश नगरेको भए तापनि रावण आफंै अत्यन्त ज्ञानी भएको अनि मर्यादा पुरुषोत्तम रामको हातबाट वध भएमा मात्र आफू वैकुण्ठलोक पुग्ने भएकाले सीताको अपहरण गरी रामलाई आफूसँग युद्ध गर्न घटना रचेको भन्ने तर्क पनि छन् । त्यसैगरी यिनै राम अनि सीताको जीवनको इदगिर्दमा रहेर तुलसीदासले अवधि भाषामा कथेका छन्, राम चरित्रमानस आदि छन् । यसै राम चरित्रमानसका अवधि श्लोकका आधारमा आज नेपालको तराईलगायत भारतका विभिन्न ठाउँमा रामलीला अनि श्लोककै लय अनि माधुर्यतामा रामसिताका कथा प्रस्तुत गरिन्छ । हाम्रो देशको पवित्र नगरी जनकपुरको गंगासागर मेलामा नेपाल तथा भारतका हजारौं श्रद्धालुको घुइँचो लाग्छ । पवित्र पोखरी गंगासागरमा स्नान गरी श्रद्धालुले जानकी मन्दिरसहित विभिन्न मठ मन्दिरमा पूजापाठ गर्ने प्रचलन छ ।

देशविदेशबाट हजारौं श्रद्धालु भक्तजन सहभागी भई पवित्र गंगासागरमा स्नान गरी रामजानकी मन्दिरमा पूजाआजा गर्छन्

वाल्मिकी रामायणको एउटा घटनाक्रमबाट, एक दिन वानवासका बेला मर्यादा पुरुषोत्तम भगवान् श्री राम र सीताबीच लुकामारी चल्छ । एउटा सामान्य दम्पतीजस्तै मायालु भावबीच चलिरहेको लुकामारीमा राम एक्कासि धेरै बेरसम्म लुकेपछि जंगलमा रहनुभएकी सीताले एउटा मिठो विलौना अझ भनौं पुकार गर्नुहुन्छ । यसरी यस्ता धेरै रोमाञ्चक भजन, घटनाक्रम अनि पात्रले रामायणको समग्र प्रस्तुतिलाई एउटा महान् ग्रन्थ बनाउन सकेको हुनुपर्छ । यसका साथसाथै सीताको जीवनको वरिपरि रहेर तुलसीदासले रामचरित्रमानस अवधि भाषामा कथेका छन् ।

यसै रामचरित्रमानसका अवधि श्लोकका आधारमा आज नेपालको तराईलगायत भारतका विभिन्न ठाउँमा रामलीला अनि श्लोककै लय अनि माधुर्यतामा रामसीताका कथा प्रस्तुत गरिन्छ । आज आएर संसारभरि नै वैदिक सनातन हिन्दू धर्मावलम्बीले आजको दिन श्रद्धा, भक्ति अनि आराधनाका माहोलबीच श्रीरामको सम्झना गर्ने दिनका रूपमा मनाइन्छ । यसै क्रममा आज देशभरका नदी, ताल एवं कुण्डमा नित्य स्नान गरी व्रत बस्ने गरिन्छ र रामगीता पाठ गरिन्छ । साथै अध्यात्मयुक्त वाल्मीकीकृत्य भानुभक्तीय रामायणसमेत वाचन गरिन्छ । रामभक्तियुक्त भजनकीर्तनका साथ रात्रि जाग्राम बस्ने परम्परासमेत चलिआएको छ ।

अन्त्यमा, भन्नुपर्दा यिनको त्रेतायुगको चैत शुक्ल नवमीका दिन यस संसारमा जन्म लिनुभएको थियो । यसै कारणले गर्दा यिनको धार्मिक, सांस्कृतिक, सामाजिक आदि क्षेत्रमा धेरै महत्वपूर्ण रहेको छ । यसै धर्तीमा जन्म लिएका यिनै रघुवंशी सत्यवक्ता, मर्यादा पुरुषोक्तम अनि ज्ञानी पुरुष हुन । अहिलेसम्मको खोज अनुसन्धानअनुसार भगवान् रामको जन्म रामले राज्यभित्र कायम हुनुपर्ने सबै मर्यादाको सधै ख्याल गरेका कारण उहाँलाई मर्यादा पुरुषोत्तम भनिएको हो । भगवान् रामको राज्य पनि न्यायका लागि नमुना मानिन्छ । वैकुण्ठमा निवासी भगवान् विष्णुका सातौं अवतारका रूपमा श्री रामले असत्यका प्रतिरूप रावणको दुराचार र अन्यायविरुद्ध विजय प्राप्त गरेका थिए । अयोध्याका राजा दशरथका जेठा छोराका रूपमा जन्म लिएका रामले मिथिलापुत्री तथा राजा जनककी छोरी सीतासँग विवाह भएको थियो । राम र रावणको जन्म कुण्डली एकै प्रकारको रहेको थियो ।

राम, उनको सत्यता अनि मर्यादा संसारमा सबैका लागि एउटा अनुकरणीय उदाहरण हो, सत्यको जित होस् अनि हामी सबैमा सत्य बोल्न सक्ने सामथ्र्य बढिरहोस् । यिनै पापमोचन गर्ने जनक सुपुत्री जानकीको मर्यादा पुरुषोत्तम श्रीरामको जन्मदिन अर्थात् आज राम नवमी, असत्यको अन्धकारमाथि सत्य अनि मर्यादाको उज्यालोको प्रतीकका रूपमा मनाइँदै छ । यी विष्णुका अवतारको यस लोकमा आगमनको खुसियाली आज हजारौं वर्षसम्म पनि उत्तिकै उत्साह र श्रद्धाका साथ मनाइन्छ ।

तपाइको प्रतिक्रिया
(Visited 53 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

प्रतिनिधिसभामा आज पनि कांग्रेसको अवरोध, बैठक स्थगित

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
१०८ बर्षिय महिलाले गरिन मतदान