जबरजस्ती करणी गरी फरार रहेको आरोपमा सभापोखरीका श्रेष्ठ पक्राउ

संखुवासभा । जबरजस्ती करणी गरी फरार रहेका एक व्यक्ति पक्राउ परेका छन् । संखुवासभा जिल्ला साविक धुपु गा.बि.स. वडा नं.७ हाल सभापोखरी गाँउपालिका वडा नम्बर २ लिम्बुटार बस्ने बर्ष ६४ को दिल बहादुर श्रेष्ठलाई पक्राउ गरिएको हो ।

श्रेष्ठले परिवर्तित नाम संखुवासभा- ०५(क) लाई बोलाई ललाई फकाई बिभिन्न प्रलोभनमा पारी पटक/पटक २०८० साउन २० गतेसम्म जबरजस्ती करणी गर्दै आएको भन्ने उजुरीको आधारमा निज प्रतिवादीलाई खोजतलास गर्दा फरार भएका थिए।

फरार हुने क्रममा निज श्रेष्ठ भारतको सिलाङ्गमा बस्दै आएको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको थियो । निज फरार प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट खटिएको प्रहरी टोलिले बैशाख

सोमबार अन्दाजी १७:३० बजेको समयमा खाँदबारी नगरपालिका वडा १ टुडिखेलमा फेला पारी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय संखुवासभा डीएसपी घनश्याम श्रेष्ठले जानकारी दिए । पक्राउ परेका उनलाई मुलुकी अपराध संहिता, २०७४ बमोजिम जबरजस्ती करणी मुद्दामा म्याद थप गरी अनुसन्धान अगाडी बढाइएको डीएसपी श्रेष्ठले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 112 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

प्रतिनिधिसभामा आज पनि कांग्रेसको अवरोध, बैठक स्थगित

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
मुलुकभर ८२ हजार २ सय १० जनाद्वारा उम्मेदवारी दर्ता